सुशांत सिंह राजपूत ड्र-ग्स केसमा एनसीबीले कारवाही गर्दै, ३ दिनमा ४ व्यक्ति पक्राउ!

सुशांत सिंह राजपूत केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को  अनुसन्धान जारी छ। एनसीबीले कारबाही गर्नेक्रममा  दुई जनालाई पक्राउ गरेका छन् । बलिउड ड्र-ग्स केसमा ठुलाठुला कलाकारको नाम आएको छ। अहिले अनुसन्धान एजेन्सीले सेलिब्रेटी प्रबन्धक राहिला फर्नीचरवाला र व्यवसायी करण सजनानीलाई पक्राउ गरेको छ। एनसीबीले बिहीबार दुई जनालाई सोधपुछको लागि हिरासतमा लिएका थिए  । सुशांत सिंह राजपूत केसमा ड्र-ग्सलाई लिएर अहिले यी दुईलाई  हिरासतमा लिईएको  हो । यस बाहेक बिहिबार एक अन्य ड्र-ग पेडलरलाई पक्राउ गरिएको थियो ।

एनसीबी अधिकारीले बताए कि जगताप सिंह आनंद नामको एक व्यक्तिलाई गिरफ्तार गरिएको छ।  जगतापको सम्बन्ध करमजीत सिंहसँग  रहेको छ जो पहिला नै -ड्रग पेडलिंग केसमा  गिरफ्तार भईसकेका थिए। अधिकारीले भने कि  ‘नारकोटिक्स नियंत्रण ब्यूरोले सुशांत सिंह राजपूत ड्र-ग्स केसमा  जगताप सिंह आनंदलाई गिरफ्तार गरेका छन्। उनको सम्बन्ध एक अन्य आरोपी करमजीत सिंहसँग रहेको छ ।’

करण सजनानीमाथि अनुज केशवानीलाई लागुऔषध बेच्ने आरोप लागेको छ। अनुज सुशान्त ड्र-ग्स प्रकरणमा पक्राउ परिसकेका छन् । तर करणको महिला साथी राहिलामाथि  लागुपदार्थको कारोबारको षडयन्त्रमा संलग्न रहेको आरोप लागेको छ। बितेको दिन एनसीबीले सुशांत सिंह राजपूत मामलामा चार जनालाई पक्राउ गरेको थियो। ति मध्ये ऋषिकेश पवार नाम पनि रहेको छ । ऋषिकेश पवारमाथि  सुशांत सिंह राजपूतलाई लागूपदार्थ दिएको आरोप लागेको छ । उनी अभिनेताका पूर्व सहायक निर्देशक थिए।

प्रकाशित : शुक्रबार, माघ २३, २०७७१६:२४

डेटिंग एपबाट फसाएर २७ वर्षीया महिलाले यति धेरै केटालाई लुटिन् !