क्यान्सर पिडित लुनालाई छोरी र ज्वाईंको यस्तो ‘सरप्राइज’, देख्ने सबै भावुक भए ![भिडियो]

एजेन्सी – न्युजील्याण्ड अकल्याण्डकी जोनी लीको गत नोभेम्बर २१ मा विवाह थियो। विवाह लगतै उनीहरुले रिसेप्सन पार्टीको पनि आयोजना गरेका थिए। त्यस पार्टीमा उनका नजिकमा मित्र तथा आफन्त उपस्थित थिए।

पार्टी चलिरहेकै बेला जोनी र उनका श्रीमान एलिस्टेयरले गरेको एक कार्यले सबैलाई चकित पार्यो। चकित नपर्नुपनि कसरी ? खासमा वैवाहिक समारोहकै बीच उनीहरुले एक-अर्काको टाउको मुण्डन गरेका थिए।

किन गरे त मुण्डन ?

जोनी लीकी आमा लुना मकापागल विगत तीन वर्ष देखि क्यान्सरबाट ग्रस्त थिइन्। सन् २०१८ मा क्यान्सर हटाउन सर्जरी गराएकी उनी त्यसयता लगातार केमोथेरापी र रेडियोथेरापीमा थिइन्।

केमोथेरापी र रेडियोथेरापीका कारण उनको टाउकोको सम्पूर्ण कपाल झरेका थिए। आफ्नी आमा लगातार २ वर्ष भन्दा बढी समय देखि क्यान्सरसँग जुधिरहेको जोनी लीले नजिकबाट नियालेकी थिइन्।

विवाहको दिन लुना मकापागललाई सरप्राइज दिन र उनको हौसला बढाउन जोनी ली र एलिस्टेयरले टाउको मुण्डन गर्ने निर्णय गरेका थिए। जोनी ली र एलिस्टेयरले एक-अर्कालाई मुण्डन गर्दा त्यहाँ उपस्थित सबै भावुक भएका थिए। त्यसक्रममा केहिको आँशु समेत झरेको थियो। जोनीका अनुसार टाउको मुण्डन गर्ने ‘आइडिया’ एलिस्टेयरको थियो।

दुखको कुरा के छ भने जोनी लीकी आमा लुना बितिसकेकी छन्। विवाह भएको दुई महिना अर्थात जनवरी २१ मा लुनाको निधन भइसकेको छ। आमाको निधन भएपछि जोनी लीले क्यान्सर पिडितहरुलाई सहयोग उठाउन शुरु गरेका छन्।

सामाजिक संजाल तथा मिडियाहरुमा जोनी ली र उनका पतिले विवाहमा मुण्डन गरेको घटना यति बेला भाइरल भइरहेको छ।

प्रकाशित : शुक्रबार, माघ २३, २०७७१८:१६

एकै पटकमा बुझ्न गार्है पर्छ यी थ्रीडी ट्याटूहरु, नपत्याए आफै हेर्नुहोस् ![तस्विर सहित]