क्रिस्टियानो पछिल्लो दशकको बेस्ट युरोपियन खेलाडीको टप ३ मा, अरु को- को ?

रियल म्याड्रिडका कप्तान सर्जियो रामोस र उनका पूर्व टिममेट क्रिस्टियानो रोनाल्डो दुबैलाई पछिल्लो दशकको युरोपका सर्वोत्कृष्ट शीर्ष तीन खेलाडीहरू मध्येमा चुनिएको छ।

यी दुई जोडीलाई मार्का अनुसार अन्तर्राष्ट्रिय महासंघ फुटबल इतिहास र तथ्यांक (आईएफएफएचएस) ले शीर्ष तीन मध्येको सूचीमा राखेको छ। यी दुईका साथमा बार्यन म्युनिख तथा जर्मनीका गोलकिपर मानुएल नुएर पनि शीर्ष तीनमा पर्न सफल भएका छन्।

रोनाल्डो र रामोस दुईले रियलमा हुँदा एकसाथ ४ च्याम्पियन्स लिग उपाधि र २ लालिगा जित्न सफल भए। रामोसले ३ लिग उपाधि जिते भने रोनाल्डोले २ लालिगा र २ सरी-ए गरेर ४ लिग उपाधि जित्न सफल भए। त्यस्तै, रामोस र रोनाल्डोले क्रमश: २०१२ र २०१६ युरो कप पनि जिते।

जर्मनीकी डिजेनिफर मारोज्सन, नर्वेकी आडा हेगरबर्ग र फ्रान्सकी वेंडी रेनार्ड गत दशकका शीर्ष तीन महिला खेलाडीहरूको रूपमा नामित भए।

प्रकाशित : आइतबार, माघ २५, २०७७१८:५८

स्वारेजले तोडे रोनाल्डोको रेकर्ड !