काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टचार नियन्त्रणमा कडा कदम चाल्न निर्देशन दिएकी छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्।
काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा भण्डारीले राज्यका श्रोतहरुको दुरुपयोगलाई रोक्न सक्रिय भएर लाग्नुपर्ने बताइन्। मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन नकसे समग्र राज्य प्रणालीलाई नै जर्जर बन्न जाने उनको भनाई छ।
“मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका श्रोतहरु दुरुपयोग भई समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउन हुँदा भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ ।”,उनले भनिन्। भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनुपर्नेमा उनको जोड छ।
त्यस्तै राष्ट्रपति भण्डारीले राजनीतिक, आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुन सक्ने अव्यवस्था र गैरकानुनी विचलनलाई अन्त्य गर्न सकेमात्र भ्रष्टाचार न्यूनीकरण हुने पनि बताएकी छन्।

