‘टेडी डे २०२१’: आफ्नो पार्टनरलाई भुलेर पनि नदिनुहोस यस रङको टेडी बियर!

टेडी डे २०२१: भ्यालेन्टाइन विकमा हरेक फेब्रुअरी १० मा मानिसहरु ‘टेडी-डे’ सेलिब्रेट गर्ने गर्छन। यसदिन प्राय: कपलहरुले एक-अर्कालाई गिफ्टको रुपमा टेडी दिने गर्छन। विशेषगरि टेडी बियर युवतीहरुको सबैभन्दा राम्रो साथी पनि मानिन्छ।  साथै यसले जुन समय तपाइको पार्टनर तपाईबाट टाढा हुन्छ त्यस समयमा पनि उनको उपस्थितिको महशुस गराउछ। त्यसैले ‘टेडी-डे’ मा आफ्नो प्रेमिकालाई टेडी बियर गिफ्ट दिनु राम्रो उपाय हो। गिफ्ट दिनुभन्दा पहिले यो सम्झिनुहोस् कि हरेक रंगको टेडीको फरक विशेषता हुन्छ।

रेड टेडी – ‘टेडी-डे’ मा प्राय मानिस आफ्नो पार्टनरलाई रेड टेडी दिने गर्छन।  रेड टेडी प्रेममा प्रतिबन्धबाट स्वतन्त्रता र भावनात्मक तीव्रताको प्रतीक हुने गर्छ ।

पिंक टेडी – टेडीको यो कलर अनकंडीशनल अर्थात् कहिल्यै नसकिने प्रेमको पहिचान हुने गर्छ। साथै यस दिन यस कुराको पनि संकेत मानिन्छ कि अगाडिको व्यक्तिले तपाइको प्रपोजल एक्सेप्ट गर्यो।

ब्राउन टेडी – लव बर्ड्समा झगडा हुदा ब्राउन टेडीको प्रवेश हुन्छ। यदी तपाईले आफ्नो पार्टनरबाट ब्राउन टेडी पाउनुभयो भने बुझ्नुहोस् की उसको दिल टुटेको छ।  तपाई चाहनुहुन्छ भने छिट्टै आफ्नो बिग्रेको  सम्बन्ध सम्हाल्न सक्नुहुन्छ।

ब्लू टेडी – यदि तपाइको पार्टनरले तपाईलाई ब्लु टेडी गिफ्टमा दिन्छ भने यो तपाइको मायामा पागलपनको एक अप्रत्य्क्ष सिग्नल हो। अर्थात् उसले तपाईलाई एकदम धेरै माया गर्नेछ।

ह्वाइट टेडी –  यस मामिलामा ह्वाइट टेडी राम्रो संकेत होइन। यो तपाइको पार्टनर कुनै दोस्रो व्यक्तिसंग रिलेशनशिपमा भएको संकेत हो।  तर यसमा मन उदास नबनाउनुहोस्। तपाईको जीवनमा पनि कुनै विशेष व्यक्तिको प्रवेश  हुनेछ।

प्रकाशित : बुधबार, माघ २८, २०७७१८:३४

‘प्रमिस डे’ मा मात्र नभई जुनसुकै दिन आफ्नो पार्टनरसंग गर्नुहोस यस्तो वाचा, मिल्छ खुसि!