‘प्रमिस डे’ मा मात्र नभई जुनसुकै दिन आफ्नो पार्टनरसंग गर्नुहोस यस्तो वाचा, मिल्छ खुसि!

भ्यालेन्टाइन वीकमा टेडी डे पछि  ‘प्रमिस डे’ मनाइन्छ।  फेब्रुअरी ११  मा प्रमिस डे मनाउने गरिन्छ । यस दिन दम्पतीले एक-अर्काको  सम्बन्धलाई वाचाको बन्धनमा बाँध्छन्, जसले गर्दा  जीवनभर एकअर्कासँग साथमा बस्छन्। प्रेममा तपाई सधैँभरि कसैको साथ चाहनुहुन्छ भने प्रमिस डेमा मात्रै नभई जुनसुकै दिन यस्तो वाचा गर्नुहोस, जसले तपाइको सम्बन्ध बलियो हुन्छ।

-कुनै पनि राम्रो सम्बन्धको आधार भनेको दुई-तर्फी कुराकानी हुनु हो।  जुन तरिकाले तपाई आफ्नो शब्दहरू स्वतन्त्र तरिकाले भन्नुहुन्छ, त्यस्तै पार्टनरको कुरा सुन्नु पनि जरुरि हुन्छ ।  त्यसैले प्रमिस डेमा आफ्नो जोडीसंग  वाचा गर्नुहोस् कि तपाई उसको कुरालाई सँधै महत्त्व दिनुहुनेछ।

-कसैसँग सम्बन्ध राख्नुको मतलब आफ्नो पहिचान गुमाउनु हैन। तपाईले पार्टनरमा कमजोरी फेला पार्नुभयो भने उसलाई जबर्जस्ति राम्रो व्यक्ति बनाउनु सहि होइन । त्यसैले  प्रमिस डेमा निश्चित रूपमा तपाईको पार्टनरलाई भन्नुहोस् कि तिमी जस्तो छौ त्यस्तै रहनु।

-प्राय सम्बन्धमा रहेपछि कैयौँ मान्छे अरुको ईच्छा पूरा गर्दागर्दै आफ्नो  सपनालाई पछाडी छाड्छन्। यदि सम्बन्धमा दुवैजना बराबर छ भने, ईच्छा पूरा गर्ने स्वतन्त्रता किन  एक जनालाई मात्र ? तपाईको जीवनसाथीलाई वचन दिनुहोस् कि उसले सजाएको सपना कुनै प्रतिबन्ध हुनेछैन र  सधैँ साथ् दिनेछु।

 -प्राय मान्छे अफिसको  काम-काजबीच यति व्यस्त रहन्छन् कि उनीहरुलाई आफ्नो पार्टनरको एक्लोपनको  बारेमा थाहा हुदैन। आफ्नो जोडीलाई वाचा गर्नुहोस कि जीवनमा जति नै प्रेशर  भएपनि समय  निकाल्नेछु।

-किनमेल होस् या किचेनको सफा, काम  वा जिम्मेवारी बाढ्ने काम नगर्नुहोला। तपाई आफ्नो पार्टनरसँग काम बाढ्नुको सट्टा सबै कामहरू एकसाथ मिलेर गर्नुहोला।

-कसैको हात समात्दैमा यसको मतलब यो होइन कि ति व्यक्तिले तपाईलाई छोडेर जान सक्दैन। त्यसैले  यस्तो वाचा गर्नुहोस् कि पार्टनरलाई खास महसुस गराउनुछु ।  त्यसैले उनको लागि फुल वा उपहार लिएर सर्प्राइज दिनुहोस।

प्रकाशित : बिहिबार, माघ २९, २०७७१९:०३

ह्याप्पी भ्यालेन्टाइन सिंगल्स, यसरी बित्दैछ सिंगल्सको भ्यालेन्टाइन, बने यस्ता मिम !