सिधा कुरा जनतासँग कार्यक्रममा काम गरेका पत्रकार …

काठमाडौँ : सोमबार राति पत्रकार सालिकराम पुडासैनी चितवनको एक होटेलमा मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँबाट चितवन पुगेका पुडासैनी चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा राति करिब १० बजे कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

हिजो करिब ३ बजे होटेलमा पुगेर २०२ नं कोठामा बास बसेका उनलाई बेलुकीको खाना खाने समयमा होटेलका कर्मचारीले बोलाउदा नबोलेपछि प्रहरीमा खबर गरि कोठामा प्रवेश गर्दा सो अवस्थामा भेटिएका हुन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका- २ कुमरी घर भएका पत्रकार पुडासैनी यसअघि न्यूज–२४ रवी लामिछाने संचालन गर्दै आएको कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रममा काम गरेकोमा हाल माउण्टेन टेलिभिजनमा कार्यरत थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६०५:१५

एनसेलले आफ्नो अपराध नसच्याए थप कारबाही हुन्छ : प्रकाण्ड