अन्तत राखी सावंतले आफ्नो बिहेको कुरा स्वीकारेकी छिन् । केहि समय पहिले राखीले बेहुली बनेको फोटो शेयर गरेकी थिइन् र त्यो फोटो भाइरल भएको थियो। त्यसपछि राखीले भनेकी थिइन् कि उनले बिहे गरेकी हैनन् र यो ब्राइडल फोटोशुट रहेको बताएकी थिइन्। तर इन्टरनेटमा हनीमूनको तस्विर भाइरल भएपछि उनले आफुले बिहे गरेको खुलासा गरेकी छिन् ।
राखीले भनिन् , “म डराएकी थिए , हो मैले बिहे गरिसके। मेरो श्रीमानको नाम रितेश हो र उनी अहिले यूकेमा छन्। बिहे गरेर उनी फर्किसके । मेरो भीजा आउन बाँकी छ र त्यसपछि म पनि जानेछु। म इंडिया जुन पनि काम गर्नेछु त्यो पछि पनि जारी राख्नेछु। म टिभी शो प्रोड्यूस गर्न चाहन्थे र अब मेरो सपना पूरा हुदैछ। यति राम्रो श्रीमान दिनुभएकोले म जीससलाई धन्यवाद दिन चाहन्छु।”
राखीको अनुसार डेढ वर्ष पहिले रितेशले एक अन्तर्वार्तामा उनलाई देखेका थिए। त्यसपछि रितेशले उनलाई म्यासेज गरेको थियो। उनीहरुको म्यासेजबाट नै कुरा भयो। त्यसपछि एक साथी बने र कुरा अघि बढ्यो।