ग्रहचक्रमा मंगलको परिवर्तन, यी ६ राशि रहनुस् सावधान !

मंगल ग्रह २२ फेब्रुअरी २०२१ को दिन मेष राशिबाट वृष राशिमा प्रवेश गर्नेछ। यो वृष राशिमा २१ अप्रिलसम्म रहनेछ। मंगल ग्रह मेष र वृश्चिक राशिको स्वामी हो। यसलाई मकर राशिमा उच्च र कर्कट राशिमा नीच मानिन्छ। मंगल वृष राशिमा प्रवेश गर्नाले सबै १२ राशिमा प्राभाव पार्नेछ। यी ६ राशिमा भने मंगलको यो गोचरको नकारात्मक असर पर्न सक्छ।

मेष राशि 

राशिको धनभावमा प्रवेश गर्ने मंगलको कारण पारिवारिक कलह तथा मानिसक अशान्तिको सामना गर्नुपर्ने हुनसक्छ। छिमेकीहरूसँगको सम्बन्ध बिग्रन नदिनुहोस्। यदि तपाईं आफ्नो जिद्दी र रिसलाई नियन्त्रणमा राखी काम गर्नुहुन्छ भने सफलताको सम्भावना रहनेछ। पैसा बचत गर्न कठिनाइहरूको सामना गर्न सकिन्छ।

वृष राशि 

स्वराशीमा गोचर गर्ने मंगलको प्रभावले व्यापार व्यवसायमा उतार-चढाव आउन सक्छ। आफ्नो स्वास्थ्यमा विशेष ख्याल राख्न जरूरी छ। सामाजिक मान-सम्मानमा आँच आउनसक्छ, सजग रहनुहोला। तपाईंको महत्वाकांक्षा बढ्नेछ। अनावश्यक वाद-विवादबाट टाढा रहन सल्लाह दिइन्छ।

मिथुन राशि 

राशिको व्ययभावमा प्रवेश गर्ने मंगलले अत्यधिक भागदौड निम्त्याउन सक्छ। कष्टकर यात्रा गर्नु पर्ने हुनसक्छ। साथीहरू वा आफन्तहरूबाट अप्रिय समाचारहरू प्राप्त हुनसक्छ। अधिक खर्चको परिणाम स्वरूप आर्थिक अवरोधहरू आउनसक्छन्। यो समयमा कसैलाई पैसा ऋण नदिनुहोला, अन्यथा नोक्सान हुने सम्भावना रहन्छ।

तुला राशि 

राशिको अष्टम भावमा गोचर हुने मंगलले यस राशिका मानिसको जीवनमा थुप्रै उतार-चढाव लेराउन सक्छ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, सजग रहनुहोस्। ध्यानपूर्वक यात्रा गर्नुहोस् र अनावश्यक झै-झगडाबाट टाढा रहनुहोस्। विद्यार्थी वर्गले सफलता प्राप्त गर्नको लागि अधिक परिश्रम गर्नुपर्नेछ।

वृश्चिक राशि 

राशिको सप्तम भावमा गोचर हुने मंगलले दाम्पत्य जीवनमा मनमुटाव पैदा गर्नसक्छ। ससुराल पक्षसँग सम्बन्ध बिग्रन नदिनुहोस्। विवाह सम्बन्धि वार्तालापमा ढिलाइ हुनसक्छ। व्यापार व्यवसायमा समय सोचे जस्तो अनुकूल नरहला। यस अवधिमा कसैलाई अधिक पैसा ऋण नदिनुहोस्, अन्यथा घाटा हुने सम्भावना छ।

कुम्भ राशि 

राशिको चतुर्थ भावमा प्रवेश गर्ने मंगलले पारिवारिक कलह तथा मानिसक अशान्ति निम्त्याउन सक्छ। कार्य क्षेत्रमा पनि षडयन्त्रको शिकार हुनबाट जोगिनुहोस्। ध्यानपूर्वक यात्रा गर्नुहोस् र चोरी हुनबाट बच्नुहोस्। घर जग्गा सम्बन्धि मामिला उल्झन आउनसक्छ। आफ्नो बोली तथा रिसमा नियन्त्रण राख्नु पर्ने देखिन्छ।

प्रकाशित : आइतबार, फागुन ०९, २०७७१८:५४

आज फाल्गुन ११ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् आजको राशिफल!