किन अनमोलको कपालमा झरना थापा र भुवन केसीबीच विवाद?

काठमाडौँ, फागुन १७ । अभिनेता अनमोल केसी अहिले चलचित्र सुटिंगमा व्यस्त छन्। उनको मुख्य अभिनय रहने चलचित्र ‘ए मेरो हजुर ४’ को छायाँकन लगभग सकिन लागेको छ। चलचित्रको छायाँकन १० प्रतिशत जति रहदा अनमोलको कपाललाई लिएर अभिनेत्री तथा निर्देशक झरना थापा र अभिनेता भुवन केसीबीच विवाद उत्पन्न भएको छ ।

वास्तवममा अभिनेता भुवन केसीले आफ्नो होम प्रोडक्सनबाट बन्ने चलचित्र  ‘पारस’ मा नायक अनमोल केसीको लामो कपालमा शुट गर्ने सोचेका  थिए । तर यता झरना थापाको ‘ए मेरो हजुर ४’ मा भने अनमोलको कपाल छोटो अर्थात् ठिक्कको हुनु पर्नेछ । हो यसै विषयमा भुवन केसी र निर्देशक झरना थापाबिच विवाद भएको थियो। तर अहिले यी दुईबीचको विवाद टुंगिएको छ। भुवनले अब केही समय कुरेर चलचित्रको शुट गर्ने भएका छन्।

प्रकाशित : सोमबार, फागुन १७, २०७७१४:४९

ओलीको ज्यान माथि नै खतरा, आफैं गरे यस्तो खुलासा !