ओलीको ज्यान माथि नै खतरा, आफैं गरे यस्तो खुलासा !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यान माथि नै खतरा रहेको बताएका छन्। सोमबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले आफ्नो ज्यान माथि नै खतरा रहेको बताएका हुन्।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरुविरुद्ध देशी विदेशी षडयन्त्र चलिरहेको र आफ्नो ज्यान नै खतरामा रहेको बताए।

राष्ट्रलाई सार्वभौम सत्ता सम्पन्न स्वाधीन र स्वतन्त्र राख्न खोजेकै कारण आफू खतरामा रहेको उनको भनाई छ। ओलीले आफ्नो ज्यान नै तलमाथि भएपनि अनौठो नमान्न आग्रह गरे। सरकारका काम गतिशिल तरिकाले संचालन गरेकोले आफू माथि लगातार हमला भइरहेको ओलीको बुझाई छ।

“सम्पूर्णरूपमा ममाथि प्रहार अत्यन्तै तीव्र गतिले केन्द्रित छ। ममाथि कुनै शारीरिक हमला नै भयो, मेरो ज्यान नै तल-माथि भयो भने पनि अनौठो नमान्नुहोला।”,ओलीले भने। त्यहिँ भएरै आफूले शतर्कता अपनाउन थालेको समेत ओलीले बताए।

ओलीले आफू नरहेपनि आन्दोलन नरोकिने ओलीको भनाई छ। उनले भने,”म रहिन भने पनि आन्दोलन रोकिन्न, पार्टीलाई तलमाथि पर्न दिन हुन्न, लोकतान्त्रिक आन्दोलन तलमाथि हुन दिइनु हुँदैन।”

त्यस्तै ओलीले आफूहरु अपराधी तत्वसंग लडिरहेको पनि बताएका छन्। झुठा लान्छाना लगाएर १९ पेज लामो बनाएर अन्तर्राष्ट्रियस्तरमा प्रचार गरिएको भन्दै ओलीले आक्रोश व्यक्त गरे।

प्रचण्ड-नेपाल अहिले आफूहरुसँग बहुमत छ भन्दा दावी गरिरहेको पार्टी आफूले नै निर्माण गरेको ओलीले बताए। उनले भने,”हिले उनीहरु आफूसँग बहुमत भएको दावी गरिरहेका छन् त्यो बहुमत पार्टी एकताको लागि मैले नै दिएको हो।”

प्रकाशित : सोमबार, फागुन १७, २०७७१४:५६

ओली प्रतिपक्षमा बस्न तयार, सके हटाउन चुनौती !