ओली प्रतिपक्षमा बस्न तयार, सके हटाउन चुनौती !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्। सोमबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले आफू प्रतिपक्षमा बस्न तयार रहेको बताएका हुन्।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले विधि र पद्धति अनुसार हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको बताए। प्रधानमन्त्री पद कसैलाई गलहत्याएर नपाइने ओलीको भनाई छ।

ओलीले भने,”अविश्वास प्रस्ताव राखेर हटाउने होइन, गलहत्याएर… प्रधानमन्त्री हटाउने विधि पद्धति प्रक्रिया कस्तो छ ? प्रजातान्त्रिक प्रक्रिया कस्तो छ ?”

संसदीय दलको नेताबाट समेत विधिसम्मत रुपमा हटाउन प्रचण्ड–नेपाल समूहलाई ओलीको चुनौती छ। संसदीय दलको बैठक बोलाउने उल्लेख गर्दै ओलीले विधिवत रुपमै भेट्ने बताए।

त्यस्तै ओलीले फेरी दुई तिहाइ ल्याउने दावी पनि गरेका छन्। डेढ वर्ष प्रतिपक्षमा बसेपछि फेरि दुई तिहाइ ल्याउने उनको दावी छ। उनले प्रचण्ड–नेपाल समूहसँग भएको बहुमत पनि आफूले दिएको दावी गरे।

“त्यो बहुमत त मैले नै दिएको हो । एकताका लागि भनेर, महाधिवेशनबाट छानिएको हो र, चुनाव जितेर आएको कमिटी हो र ? पार्टी एकता र देश बनाउनका लागि दिएको हो ।”,उनले भने,”डेढ वर्ष प्रतिपक्षमा बसेपछि फेरि दुई तिहाइ ल्याउँछौं।”

ओलीको ज्यान माथि नै खतरा, आफैं गरे यस्तो खुलासा !

प्रकाशित : सोमबार, फागुन १७, २०७७१६:३७

प्रचण्डलाई ओलीको प्रश्न – “कम्फर्टेबल सरकार बनाउन पो बहुमत चाहिएको?”