प्रचण्डलाई ओलीको प्रश्न – “कम्फर्टेबल सरकार बनाउन पो बहुमत चाहिएको?”

u08sL k|b]z k|lzIf0f k|lti7fg lznfGof; ;df/f]xdf k|d cf]nL u08sL, !& kmfu'gM k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ kf]v/f dxfgu/kflnsf–#, gbLk'/df u08sL k|b]z k|lzIf0f k|lti7fgsf] lznfGof; ;df/f]xdf dGtJo JoQm ub}{ . tl:a/ M jf;'b]j kf}8]n÷/f;;

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको योजना अनुरुप सरकार बनाउन खोजिएको प्रति प्रश्न गरेका छन्।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्नेक्रममा ओलीले अरुको योजना अनुरुपको सरकार बनाउनको लागि जनताको मत लिइएको रहेछ भन्ने टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त बनाउने, देश बर्बाद पार्ने कार्य अरुको योजना अनुरुप भएको बताए। प्रचण्ड-नेपाल समूह देशको जनताको सेवा गर्ने सरकार बनाउन भन्दा पनि अन्य शक्तिको सेवा गर्ने सरकार बनाउन उद्दत रहेको ओलीको भनाई छ।

उनले भने,”पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त बनाउने, देश बर्बाद पार्ने। त्यो केका लागि भन्दा, कम्फर्टेबल सरकार बनाउन रे! यो देशको विकासका लागि होइन, यस देशको जनताको सेवा गर्ने सरकार बनाउन होइन। पूर्वाधार विकास गर्ने सरकार बनाउन होइन। कसैको लागि कम्फर्टेबल हुने सरकार बनाउन पो रहेछ। त्यो योजना पूरा गर्नका लागि पो बहुमत लिइएको रहेछ।”

केहि दिन अगाडी नेकपाको अर्को खेमाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्डले जसपा, नेपाली कांग्रेस र आफूहरु मिलेर सरकार बनाउँदा भारतलाई कम्पर्टेबल हुने बताएका थिए। सोमबार ओलीले प्रचण्डको सोहि भनाई प्रति लक्षित गर्दै यस्तो बताएको बुझिएको छ।

पार्टी एकता भएको लगतै प्रचण्डले षड्यन्त्रपूर्ण ढंगले बार्गेनिङ गर्न शुरु गरेको आरोप पनि ओलीले लगाए। एकताबद्ध भएर जाऔं, देश बनाऔं, मिलेर अघि बढौं, आन्दोलनलाई बलियो बनाऔं भनेर पार्टी एकीकरण गरिएको भएपनि अर्को समूहले बार्गेनिङ मात्रै गरेको ओलीको भनाई छ।

“मलाई त कहिल्यै बहुमत चाहिएन। म त अध्यक्ष नै थिएँ। आफ्नो पक्षमा बहुमत राखेर एकीकरण गर्न सकिन्थ्यो। बहुमत नभए एकता गर्दिनँ भन्न सक्थेँ होला। तर, मैले त त्यसो गरिनँ। एकताबद्ध भएर जाऔं, देश बनाऔं, मिलेर अघि बढौं, आन्दोलनलाई बलियो बनाऔं भनेर कसैको हिसाब नगरी पार्टी एकीकरण गरेको हुँ।”,उनले भने,”पार्टी एकता हुनेबित्तिकै उहाँहरूले षड्यन्त्रपूर्ण ढंगले बार्गेनिङ गरिरहनुभयो। किन भनेको त, पार्टी बिगार्ने, देश बिगार्ने उद्देश्य पो लुकेको रहेछ। एकीकरण गर्नेबित्तिकै उहाँहरूले आफ्नो धन्दा सुरू गर्नुभयो।”

प्रकाशित : सोमबार, फागुन १७, २०७७१७:१२

पुस ५ गते दर्ता भएको अविश्वासको प्रस्तावबाट ‘ब्याक’ भयो प्रचण्ड-नेपाल समूह !