पप गायिका रिहाना केहि दिन अगाडी किसान आ-न्दोलनको बारेमा गरिएको ट्वीटको कारण चर्चामा आएकी थिइन्। एकपटक फेरी उनी चर्चामा आएकी छन्। वास्तवमा यस पटक रिहाना आफ्नो ट्वीट वा किसान आ-न्दोलनको कारण नभई नयाँ लुकको कारण चर्चामा आएकी हुन्। रिहानाले आफ्नो लंजरी लेबल सेवेज एक्स फेंटीको लागि स्प्रिंग फोटोशूट गराएकी छन्। तस्विरमा उनी फ्लोरल बिकिनी लगाईरहेकी छन्। सिंगर ग्ल्यामर्स लुकमा देखिएकी छन्। उनको हेयरस्टाइल उनको लुकसँग मिलिरहेको छ। सेलिब्रिटी हेयरस्टाइल लिस्ट युसेफले रिहानाको यो नयाँ लुक दिएका हुन्। गायिकाले आफ्नो फोटोशूटको तस्विर शेयर गरेकी छन्।

फोटोशूटको कारण विवादमा रिहाना
रिहाना आफ्नो एक ट-पलेस तस्वीरलाई पोस्ट गरेर चर्चामा आएकी थिइन्। उनले शेयर गरेको तस्विरमा भगवान गणेशको पेंडेंट लगाएकी थिइन्। यसैकारण उनी ट्रोलर्सको निशानामा आएकी थिइन्। यो फोटोशूट रिहानाले एक लन्जरी ब्रांडको लागी गराएकी थिइन्। यस फोटोशूटको लागि विश्व हिंदू परिषदले ट्विटर र फेसबुक विरुद्द दिल्ली र मुम्बई पुलिसलाई गुनासो गरेका थिए। उनीहरु अनुसार रिहानाले यस्तो तस्विर साझा गरेर उनीहरुको भावनामा ठेस पुगेको बताएका थिए।
रिहानाले भारतमा चलिरहेको किसान आं-दोलनमा आफ्नो प्रतिक्रिया दिएकी थिइन्। रिहानाले दिल्लीको बाहिरी ईलाकामा विरोध गरिरहेका किसानलाई आफ्नो समर्थन दिएर आ-न्दोलनलाई रोक्नको लागि इन्टरनेटलाई बन्द गर्ने निन्दा गरेकी थिइन्। उनले आफ्नो ट्विटर ह्यान्डलमा किसान आ-न्दोलनसँग सम्बन्धित रिपोर्ट साझा गरेकी थिइन्। यस रिपोर्टको साथसाथै उनले लेखिन् , ‘हामी यस बारेमा किन कुरा गरिरहेका छैन ? ‘

