ओलीको आग्रह वामदेवद्वारा अस्विकार !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन्। प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा उपस्थित नभएका गौतम ओली समूहको संसदीय दलको बैठकमा पनि नजाने भएका हुन्।

प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएको भोलिपल्ट आज ओली समूहको संसदीय दलको बैठक बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यक्रम रहेको छ।

शुक्रबार मात्रै गौतमलाई प्रधानमन्त्रीले भेटेका थिए। गौतम निवास भैंसेपाटीमै पुगेर प्रधानमन्त्री ओलीले आफ्नो संसदीय दलको बैठकमा आउन गौतमलाई आग्रह गरेको बताइन्छ।

सोहि विषय बारे प्रष्ट भाषामा गौतमको सचिवालयले ओली समूहको संसदीय दलको बैठकमा पनि आफू नजाने स्पष्ट पारेका हुन्।

प्रकाशित : शनिबार, फागुन २२, २०७७१०:३५

‘मलाई प्रधानमन्त्री बन्‍ने मुड छैन’