मलाई कुन पार्टीको हो भन्नेलाई मैले चाहिँ उल्टो तपाईं कुन पार्टीको भनेर सोध्न नपरोस्: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतले भनिसकेको बताएका छन्। आइतबार भएको संसदको पहिलो बैठकमा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री कुन पार्टीका हुन् भनेर प्रश्न उठाएका थिए।

सोमबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका बारेमा सर्वोच्चलाई सोध्न आग्रह गरेका छन्। ओलीले भने, “अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीका हो जानकारी पाउँ भनेर सोध्नु भएछ, सर्वोच्च अदालतमा जानुस्। कुन पार्टीको हो भनेर !” यस्तोमा ओलीले आफू त कुन पार्टीको भनेर अदालतले नै भनिसकेको भन्दै भने,”मैले चाहिँ उहाँहरुलाई सोध्न नपरोस कि तपाईं कुन पार्टीको हो भनेर।”

कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले चुनावमा गएर राम्रो सरकार बनाउनु पर्ने अवस्थामा संसद पुनःस्थापना गरेर देशमा अस्थिरता निम्त्याउन खोजीएको पनि बताएका छन्। उनले भने,”अहिलेको समयमा त देश चुनावमा जान्थ्यो। चुनावपछि एउटा राम्रो सरकार बन्ने पक्का थियो तर त्यसलाई लडाई गरेर, मुद्दा हालेर रोकियो। संसद पुनःस्थापना त उफ्रिन, नारा लगाउन, कराउन पो गरेका रैछन्।”

अहिलेको स्थितिमा ओलीको राजीनामा नै उत्तम विकल्प हो: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादी केन्द्रलाई ब्यूँताएर सर्वोच्चले राजनीतिक अन्यौलता सिर्जना गरेको बताएका छन्। आज एक विज्ञप्ती जारी गर्दै उनले यो समस्याको समाधान भनेको अब प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा रहेको समेत बताए।

अध्यक्ष केसीले अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताएर राजनीतिक अन्यौल सिर्जना गरेको र यस्तो अन्यौलताको अन्त्यको लागि ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्। उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,”जटिल समस्या र अन्यौलपूर्ण स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएर यो समस्यालाई निकास दिनुपर्छ।”

साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई घटक (एमाले र माओवादी) बीच एकता गरेर सरकार गठन गर्नु नै अहिलेको उपयुक्त विकल्प हुने केसीको ठम्याई छ। विज्ञप्तीमा लेखिए अनुसार नेकपाको एकीकरण गरेर सरकार गठन गर्नु नै उपयुक्त विकल्प हो। त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नुपर्ने कुरा समेत अध्यक्ष केसीले उल्लेख गरेका छन्।

त्यस्तै, नेकपाभित्रको अन्तरविरोधको प्रमुख बिउ नै ओलीको व्यक्तिवादी र अराजक कार्यशैली रहेको उनको भनाइ छ। अहिलेको समयमा नेकपा विभाजन हुँदा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि नै खतरा पैदा हुने उनले बताए।

प्रकाशित : सोमबार, फागुन २४, २०७७१४:५४

माधव नेपाल समूहका सांसद बीच छलफल, प्रचण्ड-नेपाल समूहको बैठक पनि आजै !