झापामा पनि लाग्यो नेकपा एमालेको बोर्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर आज बिहान ११ बजे एमालेको बोर्ड राखिएको हो ।

सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि कार्यालय बन्द रहेको थियो । आजैदेखि कार्यालय पनि सञ्चालनमा आउने एमालेका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले बताए ।

अहिलेको समयमा निर्वाचन घोषणा गर्न आवश्यक छ: राजाराम बर्तौला

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अशिष्ट राजनीतिक प्रदर्शन अन्त्य गर्न निर्वाचन घोषणा गर्न आवश्यकता भएको बताएका छन् । राप्रपा थाहा नगर समिति पालुङद्वारा नौखण्डेमा आज आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोग र संवैधानिक निकायले कसैको दबाबमा नपरी आफ्नो निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

भेलामा राप्रपा मकवानपुरका उपाध्यक्ष गुञ्जनबहादुर न्यौपाने, हेटौँडा नगरका अध्यक्ष गुरुप्रसाद सापकोटा र थाहा नगर समितिका अध्यक्ष सङ्गम रायमाझीले पार्टीप्रति जनताको आस्था बढाउन र पार्टी सङ्गठनलाई दरिलो पार्न नेता तथा कार्यकर्ता जनताको घरदैलामा पुग्नुपर्ने बेला आएको बताए ।

प्रकाशित : मङ्गलबार, फागुन २५, २०७७१३:२५

कर्णालीमा एकै परिवारको ४ जनाको शव फेला, कान्छी छोरी अझै बेपत्ता!