कर्णाली नदीमा दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जना कर्णालीमा हा-मफा’लेर बेपता भएका मध्ये ४ जनाको शव फेला परेको छ। एकजनाको शव भने अझै भेटिएको छैन।
आमासहित चार बालबालिकाले कर्णाली नदीमा बेपता भएका थिए। जसमध्ये दुई छोरीहरु १६ वर्षीय कल्पना र १२ वर्षीय सरिता बडुवालको शव सोमबार नै फेला परेको थियो । र ३५ वर्षीया आमा सुकु बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव आज अछामको पञ्चदेवल विनायक नगरपालिका-४ स्थित कर्णाली नदीमा भेटिएको हो। त्यस्तै कान्छी छोरी रजनी बडुवाल भने अझै बेपत्ता छिन्। गोताखोर टोलीबाट उनको खोजि भैरहेको छ।
मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको भेटिएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए ।
आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमानले दिनहुँ मदिरा सेवन गरी कु-टपिट गर्ने झै-झगडा गर्ने भएपछि आजित भएर नदीमा हा-मफा-लेको हुनसक्ने आकलन गरिएको छ । नेपालभर १११ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सोही दिनमा आठबीस नगरपालिका–३ दैलेखको निमाइल बस्ती शोकाकुल बनेको थियो ।

