नयाँ सरकार गठनबारे माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नयाँ सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेकोले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले एमालेसँग पनि छलफल गर्ने बताएका छन्। उनका अनुसार बुधबार दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने छ। आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला समेत डाकेको श्रेष्ठले जानकारी दिए।

प्रकाशित : मङ्गलबार, फागुन २५, २०७७१५:५६

एमाले र माओवादीलाई निर्वाचन आयोगले भन्यो: फेरी एकीकरण गर्ने भए १५ दिनभित्र आयोग आउनु