“रोनाल्डोले फुटबल मैदानमा गर्न सक्ने काम पत्ता लाग्यो, फ्री-किक हान्दा वाल बस्न सक्दैनन्”

पोर्टो विरुद्दको खेलको ११५ औं मिनेटमा फ्री-किकमा जे भयो उक्त घटनाको कारण स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको अहिले निकै आलोचना भइरहेको छ। धेरैले रोनाल्डोले गर्न नसक्ने एक काम भेटियो जुन विपक्षीले फ्री-किक लिँदा वालमा उभिन नसक्ने भन्दै उनको मजाक उडाइ रहेका छन्।

युभेन्टस विरुद्द पोर्टो, च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेग। युभेन्टस खेलमा १० खेलाडीका साथ खेलिरहेको पोर्टो विरुद्ध २-१ गोल ले अगाडी थियो र समग्रमा ३-३ को बराबरीमा थियो खेल। पोर्चुगिज क्लब पोर्टोले खेलको ११५ औं मिनेटमा फ्री-किक पायो। जसलाई प्रकार गर्नको लागि सर्जियो ओलिभेरा तयार स्थितिमा थिए।

युभेन्टसले ओलिभेराको फ्री-किक डिफेन्ड गर्न चार खेलाडीको वाल राहेको थियो। वालको बीचमा थिए क्रिस्टियानो रोनाल्डो। जब ओलिभेराले फ्री-किक प्रहार गरे तब रोनाल्डोले पीठ फर्काउँदै आफू अर्को तर्फा फर्किए। संयोगवश ओलिभेराले रोनाल्डोको खुट्टाको मुनीबाट फ्री-किक प्रहार गरे जुन अन्ततः गोलमा परिणत भयो। त्यहि गोलले युभेन्टसलाई प्रतियोगिताबाट बाहिरको ढोका देखायो।

खेल युभेन्टसले ३-२ ले जित्यो र समग्रमा ४-४ को बराबरीमा सकियो। तर अवे गोल नियमको कारण पोर्टो अर्को चरणमा प्रवेश गर्यो। रोनाल्डो यो यो गल्तीलाई धेरै प्रशंसकले बचपना गल्ती भनेका छन् भने कसैले रोनाल्डोले युभेलाई धोका दिएको भनेका छन्। यस्तोमा केहि फ्यान्सले रोनाल्डोले गर्न नसक्ने कामको बारेमा पत्ता लाग्यो र त्यो कामको विपक्षीले फ्री-किक प्रहार गर्दा वालमा बस्नु जुन रोनाल्डोले गर्न नसक्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

प्रकाशित : बुधबार, फागुन २६, २०७७१८:३४

के २०१७ को जस्तै बार्सिलोनाले यो पटक पनि गर्ला त पुनरागमन ? कि एम्बाप्पे एक्लै भारी पर्लान् बार्सा माथि ?