भनिन्छ कि विवाहपछि मानिसको दायित्वका साथै उनीहरुको जीवन पूर्णरूपमा परिवर्तन हुन्छ। तर के सबै विवाह लामो समय सम्म टिक्छ ? सायद टिक्दैन। धेरै यस्ता केसहरु देख्न सकिन्छ कि वैवाहिक जीवनमा विभिन्न प्रकारको समस्या आउन थाल्छ अर्थात् सम्बन्ध बिग्रन थाल्छ। यस्तो अवस्थामा धेरै पटक सम्बन्ध नै तोडिन पनि सक्छ। तर यदि तपाईंको वैवाहिक जीवनमा कुनै प्रकारको समस्या छ भने हामी आज तपाईंलाई केहि तरिकाहरू बताउन जाँदैछौं जसको कारण तपाईंको सम्बन्ध सुधार्न सकिन्छ। जान्नुहोस् यसको बारेमा…..

सबै कुरा साझा गर्नुहोस्
धेरै पटक यो देखिन्छ कि पति-पत्नीले एक अर्कासँग आफ्नो मनका कुरा साझा गर्दैनन्। र जब कुनै विषयमा मदभेद हुन्छ, तब ती चीज बाहिर निस्किन्छ। यसले कुरा मिल्नुको साट्टो उल्टो बिग्रिने गर्छ। पति-पत्नी बीच सबै कुरा साझा गर्नाले कुनै प्रकारको मनमुटाव रहँदैन र सम्बन्ध अझ बलियो हुन्छ।

एक-अर्काको सम्मान
एक हातले कहिल्यै पनि ताली बज्दैन भन्ने उखान नै छ नि। ठिक त्यस्तै, पति-पत्नी बीचको सम्बन्ध बलियो हुनको लागि दुबैले एक-अर्काको समान रूपमा सम्मान गर्न आवश्यक हुन्छ। एक अर्कालाई सधैं सम्मान गर्नुपर्छ। दुबैले आर-अर्कालाई समान रूपमा हेर्नुपर्छ।

भरोसा
कुनै पनि सम्बन्धको सबैभन्दा महत्वपूर्ण स्तम्ब हुन्छ भरोसा। यस्तोमा पति-पत्नी बीच सधैं एक अर्कामा विश्वास कायम राख्न जरूरी हुन्छ। यदि तपाईं आफ्नो पति वा पत्नीलाई बिना कारण शंका गर्दै हुनुहुन्छ भने, यसले तपाईंको सम्बन्ध बिगार्न सक्छ। त्यसकारण, शंकाको सट्टामा तपाईंले विश्वास कायम गर्नुपर्छ।

रिसले कुनै ठाउँ लिनु हुँदैन
सम्बन्ध चाहे भाइ-बहिनी को होस् वा पति पत्नीको, रिस कुनै पनि सम्बन्धको लागि राम्रो हुँदैन। कतिपय समय साना-साना कुरामा पति-पत्नी बीच रिसको भावना आउनसक्छ। तर यो बिल्कुल पनि राम्रो हैन, हामीले रिसको सट्टामा प्रेमपूर्वक कुरा गर्नुपर्छ।

