फाल्गुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिमा महाशिवरात्रिको पर्व मनाईन्छ । हिन्दू धर्मको मान्यता अनुसार भगवान शिव र पार्वतीको विवाह यही दिन भएको थियो । यस वर्ष महाशिवरात्रि ११ मार्च परेको छ । शिवरात्रिको दिन भगवान शिवको आशीर्वाद पाईने हुनाले शिवरात्रीको दिन निकै विशेष तरिकाले मनाईन्छ ।
यद्यपि ज्योतिषीहरुका अनुसार यस वर्ष महाशिवरात्रि चाड पञ्चक बीचमा मनाईने छ । घनिष्ठा, शतभिषा, पुर्व भाद्रपद, उत्तरा भाद्रपद र रेवती यी पाँच नक्षेत्रको संयोगलाई पञ्चक भनिन्छ । पञ्चक काललाई ज्योतिष शास्त्रमा शुभ मानिदैन।
कहिले लाग्छ पञ्चक?
जब चन्द्रमा कुम्भ र मीनमा परिवर्तन हुन्छ तब पञ्चक निर्माण हुन्छ । धर्मशास्त्रमा, पञ्चकको समयमा केहि विशेष अनुष्ठानहरूलाई अवपादित मान्न सकिन्छ । पञ्चक बिहीबार, मार्च ११ बिहान ९.२१ देखि सुरु हुन्छ र मंगलबार, १६ मार्च बिहान ४:४४ बजे समाप्त हुन्छ ।
के गर्ने र के नगर्ने?
-धर्मशास्त्रका अनुसार पञ्चकमा दक्षिण दिशातर्फ यात्रा गर्नु अपवादित मानिएको छ । यस दिशातिरको यात्राले ठूलो हा-नि हुन सक्छ ।
-पञ्चकमा काठको सामानहरू खरीद नगर्नुहोला । यस दिन कसैले काठको फर्निचर वा पछि प्रयोग गरिने काठको समान नकिन्नुहोला ।
-पञ्चकमा पसल, घर वा कार्यस्थलको छत निर्माण गर्न अशुभ मानिन्छ । घरमा कुनै प्रकारको शुभ कामहरू नगर्नुहोला ।
– पञ्चकको समयमा घरको कुनै पनि व्यक्तिको मृत्यु भयो भने परिवारको अन्य सदस्यमा पनि मृत्युको ख-तरा बढ्छ र मृत्यु तुल्य कष्ट हुन्छ ।
-पञ्चकको समयमा खटिया निर्माणलाई अशुभ मानिन्छ । त्यसैले यस्तो कुनै कार्य नगर्नुहोला ।

