गर्मी समयमा सनट्यान हुने समस्या छ? अपनाउनुहोस यी ५ घरेलु उपाय, मिनेटमै हुनेछ सफा!

गर्मीमा छाला फुस्रो हुने थुप्रै मान्छेको समस्या हुन्छ । धेरै बेरसम्म घाममा रहनाले छाला कालो हुन्छ । चर्को घाम छालाको लागि निकै हानिकारक हुन्छ र यसकारण कैयौँ मान्छेको छाला रातो हुन्छ । यस समयलाई  सनट्यान पनि भनिन्छ। पुरुषको तुलनामा महिलाको ट्यान अधिक हुन्छ । किनकी महिलाको छाला निकै पातलो हुन्छ । त्यसैले महिलाले गर्मीको समयमा आफ्नो छालाको विशेष ध्यान राख्नुपर्छ ।

गर्मी मौसममा घरबाट बाहिर जाने क्रममा अनुहारमा  सनस्क्रीन लोशन लगाउनुहोला । सनस्क्रीन लोशन लगाउनाले ट्यान हुने खतरा कम हुन्छ ।  यसबाहेक आफ्नो  शरीर ढाकेर बाहिर निक्लिनु पर्छ । ताकि छालामा सिधै घामको किरण नजाओस् । यधपी यदि तपाईको यस्तो गर्दापनि सनट्यान आउँछ भने चिन्तित नहुनुहोस ।  किनकि आज हामी तपाईलाई छालाको ट्यानिंग कम गर्ने उपाय बताउनेछौ ।

नरिवल  पानी र चन्दन  पाउडरको प्याक: 
नरिवलको  पानी र चन्दन पाउडरलाई फेस प्याक  बनाएर अनुहारमा लगाउनाले सनट्यान कम हुन्छ । सनट्यान हुँदा एक चम्चा चन्दन पाउडरमा नरिवल पानी हाल्नुहोस । यसलाई राम्रोसँग मिक्स गरेर फेसमा लगाउनुहोला । यस फेस प्याकलाई आफ्नो गर्दन र अनुहारमा लगाउनुहोला। यसलाई १५ मिनेटसम्म लगाईरहनुहोला। सुकेपछि अनुहार सफा गरेर क्रिम लगाउनुहोला । नियमित रुपमा यो फेस प्याक लगाउनाले सनट्यान कम  हुन्छ ।

वास्तवमा चन्दन  पाउडरमा एन्टीफ्लेमेटरी र एस्ट्रिंजेंट गुण हुन्छ  । नरिवल पानीले अनुहारको गहिराईलाई सफा गर्छ । यस प्याकको प्रयोगले एक्नेको समस्याबाट पनि टाढा हुन सक्छौ ।

दही र बेसन

सन ट्यानबाट मुक्ति पाउनको लागि दही र बेसन पनि प्रयोग गर्न सक्नुहुन्छ । दही र बेसन लगाउनाले अनुहारमा  भएको कालोपन टाढा हुन्छ । एउटा भाँडामा एक चम्चा बेसन राखेर त्यसमा अलिकती दही  मिसाएर पेस्ट बनाउनु होला । यस पेस्टलाई अनुहारमा राम्रोसँग लगाउनुहोला । जब यो सुक्छ त्यसपछि सफा गर्नुहोला । यो प्याकले अनुहारलाई सफा तथा छाला कोमल र   नरम  बनाउछ ।

घिउकुमारी

घिउकुमारी ट्यानिंग टाढा गर्न सहायक साबित हुन्छ । घिउकुमारी लगाउनाले छालालाई शितलता मिल्छ र रगत सफा हुन्छ । एउटा घिउकुमारीलाई लिएर यसलाई  का-टेर त्यसको जेल निकालेर अनुहारमा लगाउनुहोला र सुकेपछि पानीले धुनुहोला । घिउकुमारी लगाउनाले अनुहारमा कोमलपन आउँछ।

गुलाब जल

गुलाब  जल प्रयोग गरेर ट्यान हटाउन सकिन्छ। ट्यान हुँदा अनुहारलाई राम्रोसँग सफा गर्नुहोला र राति सुत्नुअघि कपासको मदत्तले  गुलाब पानी अनुहारमा लगाउनुहोला । हरेक रात सुत्नुअघि अनुहारमा गुलाब पानी लगाएर ट्यानिंग कम गर्न सक्नुहुन्छ । यस बाहेक तपाईले यसलाई प्याक बनाएर अनुहारमा चन्दन पाउडरसँग मिसाएर पनि लगाउन सक्नुहुन्छ ।

कागती

एउटा कागती काटेर त्यसको रस निकालेर कपासको मदत्तले अनुहार र गर्दनमा लगाउनुहोला । यसलाई सुक्न दिएर पानीको मदत्तले अनुहार सफा  गर्नुहोला । कागतीको रस अनुहारमा लगाउनाले रगत सफा हुन्छ र घामको कारण जलेको छाला राम्रो हुन्छ ।

प्रकाशित : आइतबार, चैत ०१, २०७७१२:२६

ब्राउन सुगर र व्हाइट सुगर: खानको लागि कुन चाहिँ चिनी सहि? जानिराखौ!