ग्रहहरुको राजा मानिने आइतबार साँझ ६ बजेर १६ मिनेटबाट कुम्भ राशिबाट मीन राशिमा प्रवेश गर्दैछ। यस राशिमा सूर्य १३ अप्रिलसम्म अवस्थित रहनेछ। मीन राशिमा सूर्यको आगमनलाई मीन संक्रान्ति भनिन्छ। मीन संक्रान्तिको समयमा विवाह जस्ता मांगलिक कार्य हुँदैन। सिंह राशिको स्वामी ग्रह सूर्य तुला राशिमा नीच र मेष राशिमा उच्च मानिन्छ। सूर्यको राशि परिवर्तनको प्रभाव सबै १२ वटै राशिमा पर्नेछ।
मेष राशि

सूर्यको मीन राशिमा गोचर तपाईंको लागि शुभ हुनेछैन। यस समयमा तपाईंले अधिक भाग-दौड गर्नुपर्ने हुनसक्छ। तपाईंको खर्चमा वृद्धि हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ, विशेषगरी आँखा सम्बन्धि समस्याले सताउँन सक्छ। अनावश्यक झै-झगडाबाट टाढा नै रहनुहोला। सन्तान सम्बन्धि चिन्ता मनमा रहला। प्रेम सम्बन्धमा समस्या आउनसक्छ।
वृष राशि

राशिको लाभभावमा प्रवेश गर्ने सूर्यको प्रभाव यस राशिका मानिसले कठिन परिस्थितिबाट मुक्ति पाउनेछन्। तर परिवारका वरिष्ठ सदस्यहरू तथा भाइहरूबीचको मतभेद हुनसक्छ। पारिवारिक कलहको कारण मानसिक अशान्ति बढ्न सक्छ जसले तपाईंको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ। आमा बुबाको स्वास्थ्यको ख्याल राख्नुहोस्। साथीहरू र आफन्तहरूबाट अप्रिय समाचारहरू प्राप्त हुनसक्छ।
मिथुन राशि

राशिको कर्मभावमा गोचर हुने सूर्यको प्रभावले कार्य-व्यापारमा लाभ मिल्ने सम्भावना उच्च रहेको छ। कुनै नयाँ सम्झौतामा हस्ताक्षर गर्न चाहनुहुन्छ भने पनि समय अनुकूल रहेको छ। उच्च अधिकारीहरुसँगको सम्बन्ध अझ बलियो हुनेछ। सरकारी क्षेत्रबाट पूरा साथ सहयोग मिल्नेछ। योजनाहरू र रणनीतिहरू गोप्य राखेर काम गर्नु भयो भने सफलता अवश्य मिल्नेछ।
कर्कट राशि

राशिको भाग्यभावमा प्रवेश गर्ने सूर्यको कारण तपाईंको जीवनमा विभिन्न उतार-चढाव आउनसक्छ। धर्म र अध्यात्ममा गहिरो चासो रहनेछ। सामाजिक पद प्रतिष्ठा बढ्नेछ र दान पुण्य पनि गरिनेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। तपाईंको साहस र पराक्रम बढ्नेछ। तपाईंले गरेको कार्य वा लिएको निर्णयको सराहना गरिनेछ। आमाबाबुको स्वास्थ्यमा ध्यान दिन जरूरी छ।
सिंह राशि

तपाईंको स्वास्थ्यमा विपरित प्रभाव पर्नसक्छ। झगडा, विवाद र षड्यन्त्रकर्तासँग होशियार रहन जरूरी छ। तपाईंका आफ्नै मानिसले तपाईंको विपरित कार्य गर्न सक्छन्। कसैलाई ऋणको रूपमा अधिक पैसा नदिनुहोस्, अन्यथा आर्थिक नोक्सानको सम्भावना छ। भूमि सम्बन्धि समस्याको समाधान गर्नको लागि केहि समय लाग्न सक्छ।
कन्या राशि

सूर्यको मीन राशिमा हुने गोचरको प्रभावले तपाईंको वैवाहिक जीवनमा उथल-पुथल हुनसक्छ। विवाह-सम्बन्धित वार्तालापमा ढिलाइ हुनेछ। दाम्पत्य जीवनमा कटुता आउनसक्छ। प्रेमको सम्बन्धमा आपसी मतभेद बढ्न नदिनुहोस्। स्वास्थ्यमा विशेष ध्यान राख्न जरूरी छ। व्यापार व्यवसायीको लागि समय सोचे अनुरुप अनुकूल नरहला।
तुला राशि

मीन राशिमा सूर्यको गोचर तपाईंको लागि कुनै वरदान भन्दा कम हुने छैन। नयाँ व्यवसाय सुरु गर्न वा कुनै सम्झौतामा हस्ताक्षर गर्नको लागि समय अत्यन्त शुभ रहनेछ। लामो समयको लागि दिइएको पैसा फिर्ता आउन सक्छ। परिवारका जेष्ठ सदस्यहरू र भाइहरूबीच मतभेद बढ्न नदिनुहोस्। सरकारी क्षेत्रमा लाभ मिल्ने पूरा सम्भावना छ।
वृश्चिक राशि

विद्यार्थी वर्गको लागि यो समय अत्यन्त शुभ रहनेछ। व्यापार-व्यवसायमा समय अनुकूल रहनेछ, आयका स्रोत बढ्नेछन्। लामो समयको लागि दिइएको धेरै पैसा फिर्ता पाउने आशा राख्न सकिन्छ। प्रेम सम्बन्धमा उदासिनता रहनेछ। सन्तान प्रतिको दायित्व पूरा हुनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।
धनु राशि

सूर्यको गोचरको कारण तपाईंको खुसीमा कमी आउनसक्छ। यो समयमा पारिवारिक कलह तथा मानिसक अशान्तिको सामना गर्नुपर्ला। कार्यक्षेत्रमा झगडा-विवादको अवस्था आउनसक्छ, सजग रहनुहोला। तपाईंकै आफ्ना मानिसले तपाईंलाई अपमानित गर्ने कोशिस गर्नेछन्। आमा-बुबाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। घर जग्गा सम्बन्धि विषय जटिल हुनसक्छ।
मकर राशि

राशिको पराक्रम भावमा प्रवेश गर्ने सूर्यले तपाईंलाई साहसी र पराक्रमी बनाउनेछ। यो समयमा तपाईंले सोचेका कार्य पूरा गरेरै आनन्दको सास लिनुहुनेछ। कुनै ठूला कार्य सुरु गर्न वा नयाँ सम्झौता हस्ताक्षर गर्नको लागि समय अनुकूल रहनेछ। आफ्नो जिद्दीपन र रिसमा संयम राख्नुहोला। परिवारका वरिष्ठ सदस्यहरू वा भाइहरूसँग मतभेद उत्पन्न हुन नदिनुहोस्। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ।
कुम्भ राशि

राशिको धनभावमा गोचर हुने सूर्यले मिश्रित फल दिनेछ। आफ्ना योजनाहरु गोप्य राखेर काम गर्नाले सफलता मिल्ने सम्भावना उच्च हुनेछ। स्वास्थ्यमा विपरित प्रभाव पर्नसक्छ। विशेषगरी आँखा सम्बन्धि समस्याले सताउन सक्छ। आर्थिक पक्ष मजबूत हुनेछ। आकस्मिक धन प्राप्तिको योग रहेको छ। कसैलाई दिइएको पैसा पनि फिर्ता आउने सम्भावना छ।
मीन राशि

सामाजिक मान-सम्मानमा व वृद्धि हुनेछ। आफ्नो कुशल नेतृत्व र कार्य कुशलताको बलमा कठिन परिस्थितिबाट पनि सजिलै निक्लिन सक्नुहुन्छ। राजनीतिक कार्यमा सफलता मिल्ने सम्भावना उच्च देखिन्छ। विवाह सम्बन्धि वार्तामा केही ढिलाइ हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। तपाईंले गरेको कार्य र निर्णयको सराहना गरिनेछ।

