ओलीले माधव नेपाल पक्षका सबै नेताको जिम्मेवारी खोसे !

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाएका छन्। शुक्रबार ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर माधव नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाएका हुन्।

ओली पक्षको बैठकले माधव नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाउने मात्र नभई अन्य नेताहरुलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ। शुक्रबारको बैठकले गरेको निर्णय अनुसार माधव नेपाललाई एमालेको विदेश विभाग प्रमुखबाट हटाइएको छ। उनको ठाउँमा राजन भट्टराईलाई नियुक्ति दिइएको छ।

सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई पनि जिम्मेवारी मुक्त गरिएको छ। उनको ठाउँमा लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्ज यमलाल कँडेललाई तोकिएको छ। उक्त जिम्मेवारीमा युवराज ज्ञवाली थिए।

ओलीले बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई पनि हटाएका छन्। शाक्यको जिम्मेवारी राम बहादुर थापा बादललाई दिइएको छ।

प्रदेश १ मा भीम आचार्यको जिम्मेवारी खोसेर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ। त्यस्तै शुक्रबारको बैठकले प्रदिप ज्ञवालीलाई पार्टीको प्रवक्ता तोकेको छ।

प्रकाशित : शुक्रबार, फागुन २८, २०७७१६:३५

नेपालमै पहिलो पटक यति धेरै युरेनियम सहित ४ पक्राउ, मूल्य सुन्दा अचम्म लग्न सक्छ !