शरीरका यी अंगहरुमा परफ्युमको प्रयोग नगरेकै राम्रो, हुन सक्छ खतरा !

एजेन्सी, शरीरलाई बास्नादार बनाउने भन्दै अंधिकाशले घरबाट बाहिर निस्कनु अघि परफ्युम लागाउँछन् । यसले शरीर वा कपडामा भएको दुर्गन्धलाई बास्नादार बनाइदिन्छ । धेरैले परफ्युमको प्रयोग काखीमुनी, नाडीमा, कान, गला जस्ता भागमा लगाउने गर्दछन् । यस्ता अंगमा लगाइएको परफ्युम लामो समयसम्म टिक्ने सोचका कारणले यस्ता ठाउँमा परफ्युम लगाउन उत्साहित भएका हुन् । विशेष त परफ्युम शरीरको कुन अंगमा लगाउने भन्ने बारेमा जानकारी नहुँदा मानिसहरुलाई विभिन्न स्वस्थ्य समस्या देखापर्दछ । शरीरका कतिपय भागहरु निकै संवेदनशील भएकाले जुन पायो त्यहि भागमा यसको प्रयोग गर्नु खतरनाक हुन्छ । यदि तपाई परफ्युमको प्रयोग नगरी हिड्न सक्नुहुन्न भने यस्ता ठाउँमा चाहि भुलेर पनि प्रयास नगर्नुहोस् ।

१.हातमा
प्रायको बानी के छ भने परफ्युमको प्रयोग गर्नुभन्दा पहिले हातमा लगाएर केहि समय रगेटेर सुँघ्ने, यसो गर्नाले बास्नामा कमी आउँछ भने लामो समय सम्म परफ्युम टिक्दैन् । त्यस्तै हातमा लगाएर रगेट्नाले छालामा गहिरो असर पुगी छाला सम्बन्धीत समस्या सिर्जना हुन्छ, त्यसैले खुल्लाहातमा नलगाउनुहोस् ।

२.कपाल
कपालमा पनि बास्ना ल्याउनको लागी धेरैले परफ्युमको प्रयोग गर्ने गरेका छन् । तर कपालमा परफ्युमको प्रयोग गर्नाले कपाल रुखो हुने, टुक्रने लगायतका समस्या देखापरी टाउँको भित्री भागमा समेत समस्या देखापर्दछ । त्यसैले कपालमा परफ्युम लगाउने बानी आजैबाट हटाउनुहोस् ।

३.कानको पछाडि
कानको पछाडीको भागमा तपाईको परफ्युम लगाउने बानी छ भने यस्तो काम आजैबाट हटाउनुहोस् । किनकि यो भाग निकै संवेदनशील भाग हो, जसको कारणले कानमा खराबीपना पनि सिर्जना हुनसक्छ । यदि कान पछाडी परफ्युम लागाउनै छ भने मोस्चराइजरको प्रयोग गरी मात्र लगाउनुहोस् ।

४.प्राइभेट पार्ट
प्राइभेट पार्टमा परफ्युम लगाउनै हुदैन् । छोटो कपडा लगाउनु परेमा धेरैले जाँघको बिच भागमा परफ्युम छर्कने गर्दछन् यसो गर्नाले इन्फेक्सन भई रातो डाबर आउने समस्या समेत सिर्जना हुन्छ,

५.काखीमुनी
सबैभन्दा बढि परफ्युम लगाइने भनेको काखीमूनी हो तर खुल्ला काखीमुनी परफ्युमको प्रयोग निकै हानिकारक साबित भएको छ । यो भाग एक सवेंदनशील भाग हो, काखीमुनी विशेषगरी ब्याक्टेरिया पनि हुने कारणले फोहोर हुने सम्भावना अधिक रहेको छ, त्यसैले यहि ठाउँमा परफ्युमको प्रयोग गरिन्छ । काखीको फोहोर दुगन्ध हटाउनको लागी फिटिकीरी धुलो मनतातो पानीमा राखेर सफा गर्नाले काखी गनाउने समस्या एकदमै छिटो समधान हुनेछ, जसको कारणले काखीं गनायो भन्दै परफ्युमको प्रयोग पनि गरि रहनुपदैन् ।

प्रकाशित : बुधबार, साउन २२, २०७६११:५८

घरमै बनाउनुहोस् स्वादिलो बदामको बर्फी र रसवरी [तरिका सहित]