एजेन्सी – कुनै एक समयमा करीना कपूर बलिउडकै सबै भन्दा व्यस्त नायिकाको रुपमा थिइन्। केहि वर्ष अगाडी सम्म पनि करिना अत्यन्त व्यस्त थिइन्।
बलिउडमा “बेबो” नामबाट चर्चित रहेकी करीना कपूरको बलिउडमा अहिले भने रफ्तार कम भएको छ। छोरा तैमुर जन्माएपछि अभिनयका करिनाको रफ्तार धेरैनै कम भएको हो।
अन्य कलाकार झैँ करिनाको बलिउड करियर पनि विवादरहित हुन सकेको छैन। विभिन्न विवाद, “लफडा”, कन्ट्रोभर्सीमा करिनाको नाम जोडिसकेको छ।
ठूला कन्ट्रोभर्सीहरु मध्येकै एक हो, बबी देओलकी पत्नी तान्या र करिना बीचको लफडा। यहि लफडाको कारण करीनाले बबीको करियर नै बर्बाद पार्दिएकि थिइन्।
के भएको थियो ?
एक समयमा करीना र बबीको सम्बन्ध ठिकै थियो। तर चलचित्र अजनबीको शुटिंगको क्रममा यी दुई बीच दूरी पैदा भयो। पैदाको कारण थियो, बबीकी पत्नीले करीनालाई लगाएको थप्पड।
चलचित्र शुटिंगको सेटमा करीनाकी आमा बबीता कपूर र बबीकी पत्नी तान्या बीच विवाद भएको थियो। जसमा करीना पनि जोदिंदा विवादले उग्र रुप लियो। विवादको कममा तान्याले आफ्नो रिस थाम्न नसकेर करीनालाई जोडदार थप्पड लगाएकी थिइन्।
हात हालेर गल्ति गरें भन्ने महसुस भएपछि तान्याले करीनासँग माफी मागेपनि यी दुई बीचको समबन्ध अहिले सम्म सुध्रिन सकेको छैन।
कसरी भयो बबीको करियर बर्बाद ?
धेरै चलचित्रमा काम गरेपनि बबीले खासै हिट चलचित्र भने दिन सकेका थिएनन्। जसक्रममा उनलाई जब बी मेट अफर गरिएको थियो। तर चलचित्रमा बबी हुन नहुने र शहिद हुन पर्ने करिनाको हठले बबी त्यस चलचित्रबाट आउट भए।
यस चलचित्रबाट आउट पछि बबीले खासै ठूला र राम्रा चलचित्र पाउन सकेनन। यस घटना पछि बबीको करियर निरन्तर ओरालो लाग्ने तर्फ मात्र अगाडी बढ्यो। अझै पनि उनले बलिउडमा खासै जम्न सकेका छैनन्।