बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोमनले लियोनल मेसीलाई क्लबको “इतिहासमा सब भन्दा महत्वपूर्ण मानिस” को रूपमा वर्णन गरेका छन्। गयारती हुएस्का विरुद्धको खेलमा बार्सिलोनाका लागि सबैभन्दा धेरै खेल खेल्ने जाभीको रेकर्ड बराबरी गरे।

मेस्सीले बार्सिलोनाको जर्सीमा रेकर्ड ७६७ औं खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनालाई ४-१ को सहज जीत दिलाए। उनले २ गोल गर्नुका साथै १ असिस्ट पनि प्रदान गरे। बार्सिलोनाका लागि ओस्कार मिनगुएजा र एन्टोइन ग्रिजमले पनि गोल गरे।

सिजनको सुरुवात निकै खराब रूपमा गरेपनि पछिल्लो समयमा बार्सिलोना लालिगामा उत्कृष्ट प्रदर्शन गरेको छ। पछिल्ला १७ लिग खेलमा अपराजित रहेको बार्सिलोना लिग लिडर एथलेटिको म्याड्रिड भन्दा ४ अंकले पछि रहेको छ।

हुएस्का विरुद्धको खेलपछि क्लबका प्रशिक्षकले भने,”मलाई लाग्छ मेस्सीले देखाएका छन् कि उनी बेस्ट हुन् भनेर। पहिलो गोल निकै उत्कृष्ट थियो। मेस्सी बार्सिलोनाको इतिहासमा सबैभन्दा महत्वपूर्ण व्यक्ति हुन्। हामी भाग्यमानी छौं कि उनी अझै हामीसँग छन्।”

उनले उक्त खेलमा जाभीको रेकर्ड बराबरी गर्नुका साथै अर्को रेकर्ड पनि आफ्नो नाम गरेका छन्। हुएस्का विरुद्ध मेस्सीको पहिलो गोल उनको यो सिजनको २० औं लालिगा गोल थियो। यसका साथै उनी लालिगा इतिहासमा लगातार १३ सिजन २० वा सो भन्दा धेरै गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

