च्याम्पियन्स लिग क्वाटरफाइनल ‘ड्र’: बायर्नसँग पिएसजी, रियलसँग लिभरपुल भिड्ने !

एजेन्सी – युएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । च्याम्पियन्स लिग २०२०/२१ को अन्तिम ८ को ड्र स्वीट्जरल्याण्डको नियोनस्थित युइएफएको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो।

यस पटक युएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रिमियर लिगका ३, जर्मन लिगका २, स्पेनिस लिगको १, पोर्चुगिज लिगको १ र फ्रेन्च लिगको १ टोली रहेका छन्। यस पटक इटालीका कुनै पनि टोलि छैनन्।

शुक्रबार भएको ड्र अनुसार क्वाटरफाइनलको खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटि र जर्मन क्लब बोरुसिया डर्टमण्ड भिड्नेछन्। पोर्टोको भेट चेल्सीसँग हुनेछ।

त्यस्तै साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)को सामना गर्नेछ। त्यस्तै रियल म्याड्रिडले लिभरपुलसँग प्रतिष्पर्धा गर्नेछ।

प्रकाशित : शुक्रबार, चैत ०६, २०७७१७:३२

ओलीलाई नेपालको काउन्टर – ‘भोलि हामी नै बालुवाटारमा हुनेछौँ’