बलिउडका कलाकारहरु माथि मिडियाको नजर जहिले पनि हुने गर्छ। बलिउडका कलाकारको मात्र नभई उनीहरुको परिवार पनि मीडियामा छाउने गर्छन्। आज हामी यस लेखमा केहि बलिउड अभिनेताहरुको चर्चा गर्ने छौ, जसको आफू भन्दा धेरै मोटी श्रीमती रहेका छन्।
अनुपम खेर :
अनुपम खेर धेरै पुराना बलिउड कलाकार रहेको हुँदा उनलाई धेरैले चिन्ने गर्छन्। सन् १९८५ मा अनुपमले किरण खेरसँग विवाह गरेका थिए। अहिले किरणको वजन यति बढेको छ कि अनुपमको अगाडी धेरै मोटी देखिन्छिन्।
गोविन्दा :
नेपाली मुलकी सुनीतासँग गोविन्दाले सन् १९८७ मा विवाह गरेका थिए। सुनीता देख्दा धेरै सुन्दर भए तापनि गोविन्दाको अगाडी भने उनी धेरै मोटी देखिन्छिन्।
इरफान खान :
२९ अप्रिल २०२० मा ५३ वर्षको उमेरमा ठूलो आन्द्रा सङ्क्रमणको कारण अल्पायुमै स्वर्गारोहण भएका इरफानले सन् १९९५ मा सुतापा सिकन्दरसँग विवाह गरेका थिए। पहिला दुब्ली रहेकी सुतापा अहिले धेरै मोटी भएकी छिन्।
इमरान खान :
“मेरे ब्रदर की दुल्हन”, “देली बेली”, “लक” जस्ता हिट चलचित्रमा काम गरिसकेका इमरानले सन् २०११ मा अवन्तिका मलिकसँग विवाह गरेका थिए। पहिला खासै मोटी नभएपनि अहिले अवन्तिका धेरै मोटी भैसकेकी छिन्।