बलिउड अभिनेता कार्तिक आर्यनलाई कोरोना संक्रमण !

बलिउड अभिनेता कार्तिक आर्यनलाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समय बलिउडमा आफ्नो राम्रो छाप छाड्न सफल कार्तिक आर्यनलाई सोमबार कोरोना पुष्टि भएको बताइएको छ।

अभिनेता स्वयम् ले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै आफू कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन्। कार्तिकले इन्स्टाग्राममा प्लसको साइन पोस्ट गर्दै लेखेका छन्,”पोजेटिभ भएको छ, प्रार्थना गर्नुहोस्।”

पछिल्लो समय कार्तिक फिल्म ‘भूलभूलैया २’ को सुटिङमा व्यस्त थिए। उक्त फिल्ममा कियारा आडवाणी र तब्बूको पनि अभिनय रहेको छ। कार्तिकले हालै लकमे फेशन वीकमा इक्का डिजाइनर मनीष मल्होत्राको लागि र्याम्प वाक समेत गरेका थिए। कार्तिकलाई र्याम्पमा भुला भुलैया २ सह-कलाकार कियारा आडवाणीली साथ दिएकी थिइन्।

कार्तिकले उक्त र्याम्पको फोटो समेत इन्स्टाग्राममा पोस्ट गरेका थिए। उनले फेशन शोका तस्विरहरू साझेदारी गर्दै लेखेका थिए, “ए वाक डाउन म्याजिक लेन!” डिजाइनर मनीष मल्होत्रालाई ट्याग गर्दै उनले लेखे, “जिनियसको लागि वाक गर्न पाउँदा सधैं असाधारण लाग्छ।”

यससँगै कार्तिकका फ्यान्सले उनको लागि सिघ्र स्वास्थ्य लाभको कामना गर्न थालेका छन्।

प्रकाशित : सोमबार, चैत ०९, २०७७१६:११

डेलिभरीको एक महिनामै काममा निस्किन करीना कपूर, सामाजिक सञ्जालमा मानिसले भन्न समेत भने !