भोलि अक्षय तृतीयाको दिन २००३ पछि महासम्योग जुर्दै ! यी राशिलाई मिल्नेछ लाभ !

काठमाडौँ । हिन्दु धर्ममा बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिको दिन मनाइने अक्षय तृतीयाको विशेष महत्व रहेको छ । पौराणिक मान्यता अनुसार अक्षय तृतीयाको तात्पर्य एक यस्तो तिथि हो जुन कहिल्यै पनि क्षय हुँदैन, त्यसैले यस दिन गरिने हरेक कार्यलाई शुभ र राम्रो फल दिने मानिन्छ । यस पटक अक्षय तृतीया आगामी बैशाख २४ गते  मनाइन्छ । कारण अक्षय तृतीया  फलदायी हुने मान्यता रहेको छ र यस दिन गरिने मांगलिक कार्यबाट विशेष लाभ मिल्नेछ । २४ घण्टा समयको उक्त सर्वार्थसिद्धि योगको पूरा लाभ उठाउन सकिन्छ ।

अक्षय तृतीयामा करिब १ दशक पछि सुंदर, शुभ र अद्भुत संयोग जुर्न लागेको ज्योतिषीहरुले बताएका छन्। चार ग्रह सूर्य, शुक्र, चन्द्र र राहू आफ्नो उच्च राशिमा रहने हुँदा यस वर्षको अक्षय तृतीया विशेष रहनेछ। यस्तो दुर्लभ संयोग सन् २००३ पछि पहिलो पटक जुरेको हो।

अक्षय तृतीयाको दिन कुन राशिलाई कस्तो लाभ मिल्ला त ?

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

बोलीमा विचार नपुर्याउनाले अनावश्यक बादविवादमा फस्ने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनुपर्ने छ।  अनावश्यक खर्च हुनबाट सकेसम्म बच्नुहोला।  आर्थिक कारोवारमा सावधानी अपनाउनु पर्नेछ।  समग्रमा मेष राशी भएकाहरुका लागि भोलिको दिन सामान्य नै बित्ने देखिन्छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

आर्थिक लाभको सम्भावना रहेको छ। निश्चित समयमा नै सोचेका हरेक कार्यमा सफलता मिल्नाले मनमा उत्साहको मात्रा बढेर जानेछ।  मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च भएर जानेछ।  पारिवारिक वातावरण सुखमय बित्नेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बोल्दा विचार पुर्याउनु पर्ने छ।  स्वास्थ्य समंस्य रहेको छ।  आँखा सम्बन्धी समस्याले सताउने छ।  पारिवारिक कलहको सम्भावना रहेको छ।  आम्दानीको तुलनामा खर्चको मात्रामा वृद्धि भएर जानेछ।  इश्वर भक्ति तथा आध्यात्ममा मन लगाऊनाले बिशेष लाभ हुने देखिन्छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

नोकरी व्यवसायको क्षेत्रमा लाभ मिल्नेछ। इष्टमित्रका साथमा आनन्ददायी समय व्यतित हुनेछ।  अविवाहितको लागि विवाहको योग रहेको छ।  आय आर्जनको वृद्धि भएर जानेछ।  आर्थिक आयोजनाका कार्यहरु सफलतपुर्वक सम्पादन भएर जानेछ।  आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

कार्यक्षेत्रमा सफलता मिल्नेछ। उच्च पदाधिकारीको प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ।  पिताको तर्फबाट लाभ हुने छ। पैतृक सम्पतिमा लाभ हुनेछ।  स्वास्थ्य अनुखुल रहेको छ।  समग्रमा सिंह राशी भएकाहरुका लागि भोलिको दिन मध्यम रहेको छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

मानसिक चिन्ताले सताउने छ। शारीरिक स्फुर्तिको अभाव रहनेछ।  कार्यमा सोचे अनुरुपको सफलता प्राप्त गर्न सकिने छैन।  सन्तानको स्वास्थ्यमा समस्या देखिन सक्ला।  प्रतिष्पर्धात्मक कार्यमा सकेसम्म सहभागी नहुदा नै राम्रो हुनेछ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

अनावश्यक झैँ झगडा र मनमुटावमा नाफस्दा नै राम्रो हुनेछ। शत्रुले नकारात्मक समयको फाइदा उठाउन सक्नेछ संयम रहनुहोस।  स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्नेछ।  आकस्मिक धनलाभको सम्भावना रहेको छ।  आध्यात्मिक चिन्तन मार्फत मानसिक शान्ति पाउन सकिने छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

तपाईको लागि भोलिको दिन मनोरन्जनात्मक  कार्यमा नै व्यतित भएर जानेछ।  साथीभाईको साथमा कतै घुम्न जाने अवसर मिल्नेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।  स्वास्थ्य अनुकुल रहेको छ। सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

घरायसी वातावारणमा खुसियाली छाउने छ।  शारीरिक तथा मानसिक स्वास्थ्य दुवै अनुकुल रहेको छ।  नोकरी व्यवसायमा सफलता मिल्नेछ।  विदेशस्थित शुभ समाचार सुन्न पाइने छ।  प्रतिष्पर्धाको बिचमा पनि सफलता प्राप्त गर्न सकिने दिन रहेको छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

शारीरिक थकान रआलास्यताको अनुभूति हुनेछ। व्यापार व्यवसायमा भाग्यले उचित साथ दिने छैन।  मानसिक द्विविधाले गर्दा महत्वपुर्ण निर्णय लिन सकिने छैन।  सन्तान सुख मिल्ने छैन। स्वास्थ्य सामान्य रहेको छ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

मानसिक अस्वस्थताको शिकार भइनेछ। सामाजिक क्षेत्रमा अपमानित हुन सकिनेछ सावधान रहनुहोला।  आर्थिक समस्या देखिने छ।  माताको तर्फबाट लाभ मिल्नेछ।  पढाई लेखाइको क्षेत्रमा सफलता मिल्नेछ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

महत्वपुर्ण निर्णय लिनका लागि समय अनुकुल रहेको छ। अपेक्षा गरे अनुरुप हरेक कार्यमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  यात्राको सम्भावना रहेको छ। स्वास्थ्य अनुकुल रहेको छ।मिष्ठान्न भोजनको सु अवसर मिल्नेछ।

प्रकाशित : सोमबार, बैशाख २३, २०७६१४:०७

यसकारण पनि पारिजातलाई पबित्र मानिन्छ, हेर्नुहोस यससंग जोडिएका पौराणिक मान्यताहरु !