धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ४३.३६ बिन्दुले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा सुधार आएर दुई हजार ६१९.०२ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.८४ ले उकालो लागेर ४६३.५९ मा पुगेको छ ।
कूल २०९ कम्पनीको एक करोड १२ लाख ८१ हजार कित्ता शेयर रु छ अर्ब १६ करोड ६८ लाख बराबरको खरिद बिक्री भए । व्यापार समूहको उपसूचक मात्रै ९८.९९ अंकले ओरालो लागेको छ ।
बैंकिङ ४०.८६, होटल र पर्यटन ६३.२, विकास बैंक ४२.९२, जलविद्युत् ३३.५२, वित्त ९.३९, अन्य २५.८२, लघुवित्त २७.५९ र लगानी १.७९ बिन्दुले उकालो लागेको छ । कारोवारका आधारमा हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड ३७ लाख रुपैयाँ बराबरको सात लाख ९९ हजार २५३ कित्ता सेयर कारोवार भयो ।
बुधवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली टीएमएसमा समस्या देखिएकाले दिउँसो चार बजेसम्म कारोबार अवधि बढाइएको थियो ।