लगातार दुई दिन घटेको सुनको भाउ ह्वात्तै बढ्यो, कति ?

काठमाडौँ – सोमबार र मंगलबार लगातार दुई दिन ओरालो लागेको सुनको मूल्य आज बिहिबार भने बढेको छ। अघिल्लो साता लगातार घट-बढ भएको सुनको मूल्य यो साता सुरु भएसँगै ओरालो लाग्न सुरु भएको थियो। बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँको वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा रु ९०० ले वृद्धि भएर तोलाको रु ८६ हजार ५०० निर्धारण भएको छ।

यस्तै तेजाबी सुन पनि तोलामा रु ९०० ले नै उकालो लागेको छ । तेजाबी सुन आजका लागि रु ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। गत हप्ता छापावाला सुन बढीमा ८७ हजार २ सय रुपैंयाँ र तेजावी सुन ८६ हजार ५ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार १ हजार १ सय ९५ मा कारोबार भएको चाँदी आज भने तोलामा रु. १५ ले वृद्धि भइ १ हजार २ सय १० मा कारोबार भइरहेको छ।

प्रकाशित : बिहिबार, चैत १९, २०७७११:०३

आजबाट खुल्यो रुरुको आईपीओ, भर्ने कि नभर्ने?