आजबाट खुल्यो रुरुको आईपीओ, भर्ने कि नभर्ने?

काठमाडौँ, रुरु जलविद्युत् परियोजना लिमिटेडले आज (शुक्रबार) बाट सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे हो।

कम्पनीले १२० रूपैयाँका दरले चार लाख सात हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ८ हजार १  सय ५४ कित्ता कर्मचारीहरुका लागि, २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।

यस कम्पनीको आईपीओमा लगानीकर्ताले छिटाेमा चैत्र २४ गतेसम्म र ढिलाेमा वैशाख ३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस कम्पनीकाे आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे छ ।

प्रकाशित : शुक्रबार, चैत २०, २०७७०९:३६

आज पनि भारी मात्रमा बढ्यो सुनको भाउ, पछिल्लो १ महिना यताकै महँगो !