आज पनि भारी मात्रमा बढ्यो सुनको भाउ, पछिल्लो १ महिना यताकै महँगो !

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । बुधबारको तुलनामा ९०० रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ८७ हजार ४ सय कायम भएको छ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ९ सय रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन ८६ हजार ९ सय ५० मा कारोबार भइरहेको छ।

यस हप्ता छापावाला सुन सोमबार ८६ हजार ५ सय, मंगलबार ८६ हजार, बुधबार ८५ हजार ६ सय र हिजी बिहिबार ८६ हजार ५ सय रुपैंयाँमा करिबार भएको थियो।

आज कायम भएको सुनको मूल्य फागुन २० गते यताकै महँगो रहेको छ। त्यस यता कुनै पनि दिन सुनको मूल्य आजको विन्दुमा पुगेको थिएन। यो महिना सबैभन्दा महँगो चैत ५ र ८ गते ८७ हजार २०० र सबैभन्दा सस्तो चैत्र १८ गते ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा चाँदीको मूल्य १२ सय ४० रुपैंयाँ रहेको छ। बिहीबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : शुक्रबार, चैत २०, २०७७१२:२१

रुरु जलविद्युतले निष्कासन गरेको आईपीओमा पहिलो दिनमै १२ गुणा बढी आवेदन !