रुरु जलविद्युतले निष्कासन गरेको आईपीओमा पहिलो दिनमै १२ गुणा बढी आवेदन !

काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले शुक्रबारबाट निष्कासन गरेको आईपीओमा पहिलो दिनमै झन्डै १२ गुणा बढी आवेदन परेको छ ।

आजदेखि सर्वसाधारण माझ शेयर जारी गरेको कम्पनीमा पहिलो दिनमा नै खुला गरिएको कित्ताको तुलनामा ११.९८ गुणा बढी आवेदन परेको हो। कम्पनीले १२० रूपैयाँका दरले चार लाख सात हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन गरेकोमा आज पहिलो दिन नै २ लाख ९३ हजार ९७६ वटा आवेदन मार्फत ५४ करोड ५१ लाख ७ हजार २०० रुपैयाँ बराबरको ४५ लाख ४२ हजार ५६० कित्ताको शेयर माग भएको हो ।

निष्कासन गरेको शेयर मध्ये ८ हजार १ सय ५४ कित्ता कर्मचारीहरुका लागि, २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।

आईपीओमा लगानीकर्ताले सिडिएससीको मेरो शेयर मोबाइल एप र वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट चैत २४ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित : शुक्रबार, चैत २०, २०७७१८:३७

लगातार दुई दिन चैत महिनाकै महँगो भएको सुनको मूल्य आज घट्यो ! कति ?