बलिउड स्टारका यी छोरी-नातिनीहरुले के-कति पढेका छन् ? पढाईमा को पछाडी, को अगाडी ?

स्टार किड्सहरु प्राय लाइमलाइटमा नै रहन्छन्।  मान्छेहरु सधैँ उनीहरुको बारेमा धेरै कुरा थाहा पाउन चाहन्छन् कि स्टार किड्सको व्यक्तिगत जीवन कस्तो छ , के खान्छन् , के पढ्छन् ?

बलिउडमा कैयौँ स्टार आफ्नो सपना पूरा गर्नको लागी पढाई बीच मै छोडेपनि छोराछोरीलाई पढाउन केहि कसर छाडेका छैनन् । बलिउडमा स्टारको छोराछोरीहरु कोहि अभिनय  सिकिरहेका छन् ता कोहि नियमित डिग्री हाँसिल गरिरहेका छन् । थाहा पाउनुहोस् यी स्तरकिडस् कसले कति पढेका छन्  ?

सुहाना खान


शाहरुख खानको छोरी सुहाना खान सबैभन्दा चर्चित स्टार किड्स हुन्।  उनी आफ्नो स्टाइल र लुक्सको कारण चर्चामा आईरहन्छिन्। पढाईको मामलामा पनि निकै अगाडी हुनुको साथै उनले आफ्नो स्कुल तहको अध्ययन धीरूभाई अंबानी इंटरनेशनल स्कूलबाट पूरा गरेकी थिइन्। त्यसपछि उनले इंग्ल्याण्ड एर्डिंग्ली कलेजमा पढेकी थिइन्। अहिले सुहाना खानको पढाई न्यूयोर्क यूनिभर्सिटीमा अभिनय ट्रेनिंगको कोर्स चलिरहेको छ।

जान्हवी कपूर


जान्हवी कपूरले आफ्नो विद्यालय तह धीरूभाई अंबानी इंटरनेशनल स्कूलबाट पूरा गरेकी थिइन्। फिल्मी दुनियामा कदम राख्नुभन्दा पहिला जान्हवीले ली स्ट्रैसबर्ग थिएटर एण्ड फिल्म इंस्टिट्यूट, क्यालिफोर्नियाबाट अभिनयको कोर्स पूरा गरेकी थिइन्।

सारा अली खान


नबाव सैफ अली खान र अमृता सिंहको  छोरी  सारा अली खानले आफ्नो विधालय  तहको अध्ययन  चर्चित  स्कूल बेसेंट  मन्टेसरी स्कूलबाट गरेकी थिइन्।  त्यसपछि रा अली खानले कोलंबिया यूनिभर्सिटीबाट ग्र्याजुएशन डिग्री  हासिल गरेकी थिइन्।

अनन्या पांडे


अनन्या पांडेले विधालय  तहको पढाई  धीरूभाई अंबानी इंटरनेशनल स्कूलबाट पूरा गरेकी थिइन्।  त्यसपछि अनन्याले पढाई छोडिन्।  फिल्मी करियर बनाउनको लागि अनन्याले  पढाई छोडेकी  थिइन् ।

अलाया फर्नीचरवाला


अलाया फर्नीचरवालाले  जमनाबाई नर्सरी स्कूलबाट पढाई पूरा गरेकी थिइन्। फिल्मी दुनियामा कदम राख्नुभन्दा पहिला उनले लन्डन फिल्म एकेडेमीबाट फिल्म आर्ट्समा कोर्स पूरा गरेकी थिइन्। अलायाले ‘जवानी जानेमन’ मा  सैफ अली खानसँग गरिसकिन्।

नव्या नवेली नंदा


नव्या अमिताभ बच्चनको नातिनी एवम् श्वेता बच्चनको छोरी हुन्। नव्याले लन्डनको सेवनओक्स स्कूलबाट पढाई पूरा गरेकी थिइन्। अहिले उनी न्युयोर्कको फरधाम यूनिभर्सिटीबाट आफ्नो ग्र्याजुशनको पढाई गरिरहेकी छन् ।

प्रकाशित : शनिबार, बैशाख ०४, २०७८१२:२२

कता बेपत्ता भईन् ‘वान्टेड’ की आयशा टाकिया ?