देवताहरुको गुरु मानिने बृहस्पति अगस्ट ११ देखि मार्गी भएको छ । गुरु लगभग १३ महिनासम्म एकै राशिमा रहने गर्छ। गुरु वृश्चिक राशिमा मार्गी हुनाले यो सिधा र सहि दिशामा चल्न सुरु गर्छ। जसको सिधा प्रभाव व्यक्तिको धन र ज्ञानमा पर्न जान्छ। कुनै ग्रह बक्री हुनुको मतलब पछाडी तर्फ चल्नु र मार्गीको अर्थ आघिल्तिर चल्नु भन्ने हुन्छ। त्यसैले बृहस्पति वृश्चिक राशिमा मार्गी हुनाले कुन राशी भएकाहरुमा कस्तो प्रभाव पर्दछ त आउनुहोस जान्नुहोस ,
मेष
मेष राशी हुनेहरुका लागि गुरु वृश्चिक राशिमा मार्गी हुनुलाई शुभ रहेको छ। यस समयमा कुनै नयाँ काम सुरुवात हुने अवसर मिल्नेछ। आर्थिक पक्ष सबल भएर जानेछ।
वृष
व्यापार व्यवसाय तथा नोकरीमा लाभ हुनेछ। वृष राशी भएकाहरुका लागि गुरु वृश्चिक राशिमा मार्गी हुनु शुभ रहेको छ।
मिथुन
अनावश्यक बादविवादमा फसिने छ। खर्चको मात्रा बढेर जानेछ। शत्रुहरुले नकारात्मक समयको फाइदा उठाउन सक्लान सावधान रहनु पर्नेछ।
कर्कट
मान सम्मानमा वृद्धि भएर जानेछ। भाग्यले साथ दिनेछ।
सिंह
सिंह राशिका लागि गुरु मार्गी हुनु खासै शुभ देखिएको छैन। विभिन्न बाधा अड्चन र झैँ झमेलाको सामना गर्नु पर्नेछ। स्वास्थ्यमा समस्या देखिने छ। धन खर्चमा बिशेष सावधानी अपनाउनु पर्नेछ।
कन्या
रोकिएका काम बन्ने छन। नयाँ कामको थालनी गर्नका लागि समय शुभ रहेको छ। समग्रमा गुरु मार्गी हुनुले कन्या राशी हुनेहरुका लागि मिश्रित फल दिने छ।
तुला
आय आर्जनमा वृद्धि भएर जानेछ। भविष्यका लागि महत्वपुर्ण योजना बनाउने समय रहेको छ।
वृश्चिक
वृश्चिक राशी हुनेहरुका लागि गुरु मार्गी हुनु शुभ रहेको छ। रोकिएका काम बन्ने छ। सम्पूर्ण दुख कष्टहरुबाट मुक्ति पाइने छ। आर्थिक दृष्टिले समय फलदायी रहेको छ। परिवारमा सुख शान्तिको माहोल सिर्जना हुनेछ।
धनु
कुनै पनि काममा सफलता पाउनका लागि कडा मेहनत गर्नु पर्नेछ। धनु राशिका लागि गुरू मार्गी हुनु खासै लाभदायी रहेको छैन।
मकर
गुरूको मार्गी हुनुले मकर राशिलाई मिश्रित फल दिने देखिन्छ। यो समयमा मान तथा धन हानी हुन सक्ने प्रबल सम्भावना रहेकाले सकेसम्म सजक रहनु पर्नेछ।
कुम्भ
स्वास्थ्य अनुकुल रहेको छ। पारिवारिक माहोल शान्तिपूर्ण रहने छ। आर्थिक दृष्टि पनि समय अत्यन्तै लाभदायी रहेको छ।
मिन
मिनी राशिका लागि गुरु वृहस्पतिको मार्गी हुनु शुभ संकेत हो। यस समयमा व्यापार व्यवसायमा लाभ मिल्नेछ। सुखद बैदेशिक यात्राको अवसर मिल्नेछ।