साउन महिनाको अन्तिम हप्ता कुन-कुन राशि हुनेहरुको लागि शुभ रहला ? हेर्नुहोस्

यस हप्ताको राशिफल
(श्रावण २६ गतेदेखि ३२ गतेसम्म)

मेष
आर्थिक समृद्धि यो साता रहन सक्नेछ। नयाँ कार्यको थालनी बन्नेछ। पारिवारिक सुख, शान्ति बन्ला। मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्नेछ। घर परिवारको सहयोग प्राप्त हुनेछ।

वृष
स्वास्थ्यमा केही समस्या रहला। केही नयाँ कामहरुको थालनी बन्न सक्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि बन्न सक्ने देखिन्छ। मनमा उत्साह, उमङ्ग बढेपनि कार्यमा भने केही बाधाहरु पर्न सक्ला। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। साहित्य, संगीत कलामा निकै राम्रो प्रदर्शन गर्नुहुने देखिन्छ। विद्या, वुद्धि बढ्नेछ। खेलाडीहरुका लागि साता राम्रो बन्ने देखिन्छ।

मिथुन
नयाँ कार्यको थालनीको साता बनेको छ। आर्थिक समृद्धि, उन्नति, प्रगति बन्ला। मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्नेछन्। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। देशविदेशमा गर्न लाग्नुभएको कामहरु बन्नेछ। दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि बन्नेछ। नयाँ साथीको आगमनले गर्दा सुख, शान्ति, समृद्धिको महसुस गर्नुहुनेछ। नयाँ सवारी साधनको योग बन्नेछ। स्वास्थ्यमा केही समस्याहरु आउन सक्नेछ।

कर्कट
नयाँ कार्यको थालनी बन्ला। छात्रछात्राहरुको लागि साता मध्यम रहेको छ। पारिवारिक सुख, शान्ति, समृद्धि बन्नेछ। नचाहिँदा झुटा आरोप, प्रत्यारोप सहनुपर्ला। स्वास्थ्यमा केही समस्याहरु देखापर्न सक्नेछ। आयआर्जनका मार्गहरु प्रशस्त बढ्नेछन। खेलाडीहरुका लागि साता राम्रो रहेको छ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम छ। व्यापार सामान्य रहेको छ।

सिंह
आय आर्जनका मार्गहरु प्रशस्त बन्नेछन्। मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्लान। घरपरिवारको सहयोग प्राप्त हुनेछ। दाजुभाइ, दिदीबहिनीबाट पाउने सहयोग भने निकै राम्रो देखिएको छ। विद्या, वुद्धि बढ्ला। नयाँ कार्यको थालनी होला। छात्रछात्राहरुका लागि साता राम्रो रहेको छ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम देखिन्छ। देशविदेशबाट खुशीको खबर सुन्न पाउनुहुनेछ। यात्रा मध्यम रहेको छ। साहित्य, संगीत, कलामा भने निकै राम्रो देखिन्छ।

कन्या
साथीभाइहरुको सहयोग प्राप्त रहला। दिदीबहिनी कुलकुटुम्बहरुमा भने निकै राम्रो अवस्थाहरु देखापरेको छ। जागिरेहरुका लागि साता राम्रै रहेको छ। व्यापार, व्यवसाय मध्यम छ। मनमा कौतुहल र चिन्ताहरु एकदम बढी बढ्न सक्ने देखिन्छ। नचाहिँदा झुटा, आरोप लाग्न सक्ला। स्वास्थ्यमा निकै बिचार पुर्याउनुपर्नेछ। साहित्य संगीतमा भने निकै राम्रो प्रदर्शन हुने साता रहेको छ।

तुला
सन्तान सुख, शान्ति, समृद्धि मिल्नेछ। यात्रा मध्यम देखिएको छ। देश विदेशमा रहँदा कामको तनाव र अप्ठ्यारा पक्षहरु रहन सक्नेछ। काममा केही परिवर्तन हुन सक्ने अवस्था देखिन्छ। कृषि क्षेत्रमा लाभ देखिएको छ। दाजुभाइ, पारिवारिक उन्नति, प्रगति भने राम्रो देखिन्छ। स्वास्थ्यमा थोरै बिचार पुर्याउनु पर्ला। नचाहिँदा झुटा आरोप सहनु पर्नेछ।

वृश्चिक
काममा सफलता र उन्नति प्रगति बन्लान। विद्या वुद्धि बढ्ने देखिन्छ। मनमा धेरै कुरा खेले तापनि आर्थिक पक्षहरु राम्रो हुने देखिएको छ। साहित्य, संगीतमा हजुरको निकै राम्रो प्रगति हुने देखिएको छ। खेलाडीहरुका लागि साता मध्यम छ। दाजुभाइ, दिदीबहिनी र घरपरिवारको सहयोग प्राप्त हुने साता छ। व्यापार व्यवसाय मध्यम छ। राजनीतिक र सामाजिक क्षेत्रमा भने इज्जत, प्रतिष्ठा बढ्नेछ।

धनु
आर्थिक उन्नति, प्रगतिको वातावरण राम्रो बनेर जानेछ। देश, विदेशमा रहनेहरुका लागि केही कामहरुमा समस्या पर्न सक्नेछ। मनमा उत्साह र उमङ्गहरु बढ्लान। दाजुभाइ, दिदीबहिनीको माया, प्रेम र सद्भाव राम्रो रहनेछ। नयाँ सवारी साधनका योगहरु बन्ला। स्वास्थ्यमा भने केही बिचार पुर्याउनु पर्नेछ। पारिवारिक उन्नति, प्रगतिमा भने ग्रहले निकै राम्रो साथ, सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ छ। अचानक यात्रा बन्नेछ।

मकर
मनमा केही तनाव र अप्ठ्यारा पक्ष रहनेछ। खेलाडीहरुका लागि साता निकै उत्कृष्ट रहेको छ। व्यापारिक क्षेत्रमा मध्यम लाभ छ। मनमा चिन्ता र कौतुहल रहन सक्नेछन। केही झुटा आरोप, प्रत्यारोप यो साता सहनुपर्ने छ। यात्रा हजुरको लागि सुखद बन्न सक्नेछ। साहित्य, संगीत, कलामा भने निकै राम्रो प्रदर्शनी हुने साता रहेको छ। छात्रछात्राहरुको लागि साता निकै राम्रो छ। देश विदेशमा रहनुहुनेहरुका लागि साता निकै उत्कृष्ट रहेको छ। नयाँ सवारी साधनको योग बन्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा मध्यम लाभ छ।

कुम्भ
पारिवारिक उन्नति, प्रगति रहन सक्नेछ। स्वस्थ्यामा केही समस्याका वातावरणहरु सृजना हुन सक्ने छन्। साहित्य, संगीत र कलामा भने निकै राम्रो प्रदर्शन हुने देखिन्छ। यात्रा सुखद रहने छ। नयाँ कार्यको थालनी बन्न सक्ने छ। व्यापार व्यवसायमा मध्यम लाभ छ। राजनीतिक क्षेत्र हजुरको लागि उत्कृष्ट बन्न सक्ने देखिन्छ। कृषि क्षेत्रमा लाभयोगको साता छ। नयाँ कामको थालनी गर्नुहुनेछ। केही नचाहिँदा झुटा आरोप, प्रत्यारोप लाग्न सक्नेछ।

मीन
नयाँ कार्यको थालनीको साता बन्न सक्नेछ। धार्मिक, तिर्थ यात्रा हुन सक्नेछ। स्वास्थ्यमा केही हल्का समस्या देखापर्ला। इज्जत, प्रतिष्ठा बढ्न सक्नेछ। छात्रछात्राहरुको लागि साता उत्कृष्ट रहेको छ। स्वास्थ्यमा केही समस्याहरु नहोला भन्न सकिन्न। राजनीतिक क्षेत्रबाट भने लाभको साता मिल्ला। पारिवारिक सुख, शान्ति, समृद्धि बढ्ने देखिएको छ। यात्रा सुखद छ। सोमबार, मंगलबार, बुधबार र विहिबार यो साता निकै राम्रो रहेको छ। साहित्य संगीत, कलाबाट नाम, इज्जत, प्रतिष्ठाहरु बढ्ने छन्। (यस साप्ताहिक राशिफल डा. उत्तम उपाध्याय न्यौपानेले लेखेका हुन्। )

प्रकाशित : सोमबार, साउन २७, २०७६१४:०४

यस्तो अवस्थामा गोजीबाट पैसा खस्यो भने सम्झनुस् तपाईको भाग्य चम्कन शुरु भयो !