बढ्यो नेप्से परिसूचक, यी ६ कम्पनीका सेयर होल्डर मालामाल !

हप्ताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक १५.८ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६४८ अंकमा कायम भएको छ। नेप्से परिसूचक गत साताको बिहीबार २७४१ अंकको रेकर्ड कायम गरेपछि आइतबारबाट क्रमश: ओरालो लागेको थियो।

होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक उकालो लागेको दिन आज ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जससँगै बजारको पुँजीकरण ३६ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। यस दिन निर्जीवन बीमा र जीवन बीमा ११४, माइक्रोफाइनान्स ५३, उत्पादन ४७, विकास बैंक ३८, व्यापार ११, बैंकिङ ९, जलविद्युत ४, फाइनान्स १ र अन्य २१ अंकले बढेका छन् भने होटल तथा पर्यटन समूह भने ५२ अंकले घटेको छ।

बिहिबार कुल ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ र एनसिसी बैंकको मूल्य १० प्रतिशतले बढेको हो। सो वृद्धिपछि विशाल बजार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१६८, सिन्धु विकास बैंकको २८६, महिला लघुवित्तको १९४२, ग्रीन डेभलपमेन्ट २३२, ज्योतिको ९०८, एनसिसीको ३४६ रुपैयाँ पुगेको छ।

आज कुल ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबारका आधारमा यस दिन एनसिसी बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ६२ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ ।

प्रकाशित : बिहिबार, बैशाख ०९, २०७८१६:४६

हिजो साढे २ महिनाकै महँगो भएको सुन आज भने घट्यो , कति ?