हाल संसारभरि नै कोरोना भाइरसको म-हामारी बढीरहेको छ। यस्तो समयमा सामान्य मानिसहरुदेखि टिभी र बलिउडको कलाकारहरुले सर्वसाधारणको लागि धमाधम मदत्त गरिरहेका छन् । थुप्रै अभिनेता-अभिनेत्रीले कोरोनाले मात दिएपछि मानिसहरुको मदत्त गर्न सुरु गरेका छन्। यी हुन् ति अभिनेत्री जसले कोरोना कालमा मदत्त गरिरहेका छन्।
सुष्मिता सेन
थुप्रै अस्पतालमा कोरोनाको साथसाथै अक्सीजनको कमीको कारण धेरै मान्छेको ज्यान गएको छ। हाल मान्छेहरुको ज्यान बचाउन नसक्दा डाक्टरहरु पनि विवस महसूस गरिरहेका छन्। बलिउड अभिनेत्री सुष्मिता सेन पनि कोरोना विरुद्द जंगमा समावेश छिन्। उनले आफ्नो स्तरको मदत्त गरिरहेकी छन्। उनले हालै मुम्बईबाट दिल्लीको अस्पतालमा अक्सीजनको सिलिन्डर पठाएकी छन्।
भूमि पेडनेकर
भूमि पेडनेकरले १८ अप्रिलमा सामाजिक सञ्जाल मार्फत आफ्नो कोरोना टेस्ट नेगेटिभ आएको घोषणा गरेकी थिइन्। उनले आफ्नो इंस्टाग्राम अकाउन्ट मार्फत मान्छेहरुलाई मेडकिल साधन सप्लाई गरिरहेकी छन्। उनी आफै पनि पहिला भेरिफाई गरेर जरूरत परेको मान्छेलाई साधनहरु उपलब्ध गराउछिन्।
आलिया भट्ट
हालै आलिया भट्ट कोरोनाबाट ठीक भएकी हुन्। उनले कोभिड १९ सँग सम्बन्धित जानकारी सामाजिक सञ्जालमा साझा गर्ने निर्णय गरेकी छन्। आलिया भट्टले सोशल मीडियामा पोस्ट साझा गरेर कोरोना प्रति सतर्क रहन भनेकी छन् र संशोधनका माध्यमहरू पनि बताएकी छन् । आलिया भट्टले इंस्टाग्राममा लेखेकी छन् ,” यो समय जरुरत हुने मान्छेको लागि संसाधनको जानकारी दिने हो । हामी संसाधनको लागि सीमित छौ, तर यस जानकारी मान्छेहरुमा पुग्न निकै जरुरी रहेको छ, जसकारण हामी उनीहरुलाई मदत्त गर्न सकूँ। “
टिस्का चोपडा
टिस्का चोपडा कोभिड १९ मा फ्रन्ट वारियरको मदत्तको लागि आउने पहिलो अभिनेत्री हुन्। अहिले उनले मुम्बईको कूपर अस्पालमा ३०० फ्रन्ट वर्कर्सलाई बिरयानी प्याकेट बाढेकी छन् र उनीहरुको अनुहारमा मुस्कान ल्याएकी छन्। उनले धेरै मान्छेलाई प्रेरित गरेकी छन्।