झापामा बच्चा चोरेर बोरामा हाल्दै गर्दा एक पुरुष पक्राउ!

झापा, भद्रपुर नगरपालिका-८ घोडामारामा एक अपरिचित व्यक्ति बच्चा चोर्न लाग्दै गर्दा पक्राउ परेका छन् । घोडामारा निवासी कमला टुडुको २ वर्षीय छोरा सुमनलाई अन्दाजी ५० देखि ५५ वर्ष उमेरको पुरुषले चोर्न  खोज्दा स्थानीयले देखेर ती व्यक्तिलाई नियन्त्रण लिइएको हो।

२ वर्षीय सुमन घरछेउको बाटो नजिकै पानीमा खेलिरहेको बेला ती व्यक्तिले बालकलाई बोरामा हाल्न खोज्दा स्थानीयले देखेका थिए । जिल्ला प्रहरी कार्यालय झापाको अनुसार ‘बच्चा चोर्न खोज्ने ति व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिन्छ। साथै उनले नेपाली पनि बोल्न जान्दैनन् र उनले बोलेको भाषा  पनि बुझिदैन। उनी नेपालका  हुन् वा  भारतीय त्यो पनि खुल्न नसकेको प्रहरीको भनाइ छ।

स्थानीयले भने ति व्यक्तिलाई अहिलेसम्म  त्यहाँ वरपर कसैले पनि नदेखेको बताएका छन्। साथै उनीहरुले  ती व्यक्ति भारतबाट बच्चा चोर्न आएको हुनुपर्ने दाबी गर्दै हदैसम्म कारबाही गर्न माग गरेका छन्। यता प्रहरीले पीडित बालकका परिवारले भने अहिलेसम्म लिखित जाहेरी नदिएकोले कारबाही प्रक्रिया अघि  नबढाएको बताएको छ।

प्रकाशित : आइतबार, बैशाख १९, २०७८१५:१३

शंकर पोखरेललाई फेरी अर्को झड्का, तीन सांसदले दिए राजीनामा !