शुक्र ग्रहले मंगलबार राशि परिवर्तन गर्दैछ। मंगलबार दिउँसो १ हजेर ३८ मिनेट पश्चात शुक्रको वृष राशिमा प्रवेश हुनेछ। वृष राशिमा यस अगाडी देखि नै बुध र राहु ग्रह छन्। शुक्रको राशि परिवर्तन पश्चात तीनै ग्रह एकै राशिमा हुनेछन्। यस्तो हुँदा त्रिग्रही योगको निर्माण हुनेछ। यस्तो योगले हरेक राशिलाई फरक-फरक प्रभाव पार्नेछ।
त्रिग्रही योगको कुन राशिलाई कस्तो प्रभाव ?
मेष राशि
धन भावमा निर्माण हुने त्रिग्रही योगले मेष राशि हुनेहरुको जीवनमा आर्थिक पक्ष बलियो बनाउन मद्दत गर्नेछ। आकष्मिक धन लाभ हुने योग देखिन्छ। परिवारमा खुशियाली छाउनेछ भने केहि अचल सम्पत्ति जोड्ने अवसर पनि जुट्नेछ। स्वास्थ्यमा पनि सुधार हुनेछ। यधपी बोलि तथा व्यवहारमा भने नियन्त्रण आवश्यक रहला।
वृष राशि
तीन ग्रहको वृष राशिमा हुँदा सबै भन्दा धेरै लाभ वृष राशिलाई हुने देखिन्छ। जीवनमा अनेक सकारात्मक परिवर्तन हुनेछन्। धेरै समय देखि नउठेको धनराशी उठ्दा आर्थिक समस्या देखि छुट्कारा मिल्नेछ। कानुन तथा राज्य सरकारको वाधाका कारण अड्किएका कार्य पुनः सुचारु हुनेछन् भने कार्यक्षेत्रमा रहेका विवाद पनि साम्य भएर जानेछन्।
मिथुन राशि
त्रिग्रही योग मिथुन राशि हुनेहरुको हानी भावमा बन्ने हुँदा यस राशि हुनेहरुको जीवनमा दुख-कष्ट बढ्ने देखिन्छ। बन्न लागेका कार्य अड्किनेछन्। आर्थिक रुपमा समस्या बढ्नाले मानसिक स्वास्थ्य बिग्रने देखिन्छ। कुनै पनि क्षेत्रमा लगानी गर्नको लागि समय शुभ रहने देखिँदैन।
कर्कट राशि
तीन ग्रह एकै राशिमा हुँदा कर्कट राशि हुनेहरुलाई लाभ मिल्नेछ। हरेक कार्यमा परिवारको साथ र सहयोग मिल्दा सफलताक ढोका खुल्नेछन्। उच्च अधिकारीहरूसँगको सम्बन्ध सुदृढ रहनेछ। विद्यार्थीहरुको लागि पनि समय लाभप्रद रहने देखिन्छ। प्रतिष्पर्धाहरुमा सहजै सफलता मिल्दा पुरस्कृत भइनेछ।
सिंह राशि
राशिको दशम स्थानमा तीन ग्रहको उपस्थितले सिंह राशिलाई मध्यम फल मिल्ने देखिन्छ। आर्थिक पक्ष मध्यम रहनेछ भने खर्चमा नियन्त्रण राख्न सके आर्थिक समस्या टरेर जानेछन्। यधपी स्वास्थ्यमा समस्या भने आउन सक्ला। सामाजिक रुपमा रहेका दायित्व पूरा गर्न असमर्थ हुँदा लज्जवोध हुने पनि देखिन्छ।
कन्या राशि
कन्या राशि हुनेहरुको भाग्य भावमा तीन ग्रह हुँदा कन्या राशि हुनेहरुको जीवनमा धेरै नै सकारात्मक परिवर्तन हुनेछन्। आर्थिक, पारिवारिक, सामाजिक र वौद्धिक रुपमा लाभै-लाभ मिल्नेछन्। प्रेम जीवनमा पनि सुखद रहने देखिन्छ। खेलाडीहरुका समय सुखद रहनेछ।
तुला राशि
अष्टम भावमा त्रिग्रही योग बन्दा मान सम्मान मिल्नेछ। घर-जग्गा सम्बन्धि कार्य सम्पन्न हुनेछन् भने कानुनी रुपमा रहेका समस्या हटेर जानेछन्। विलासितापूर्ण वस्तुमा खर्च बढ्दा आर्थिक समस्या बढ्ने देखिन्छ। शत्रु सक्रिय रहने हुँदा सहजता आवश्यक रहला।
वृश्चिक राशि
सप्तम भावमा हुने तीन ग्रहको प्रभावका कारण वृश्चिक राशि हुनेहरुलाई अनेक लाभ मिल्नेछ। प्रेम जीवनमा सकरात्मक परिवर्तन हुनेछन् भने पारिवारिक माहोल पनि उत्साहप्रद रहनेछ। सरकारी कार्य सम्पन्न हुने मात्र नभई उच्चअधिकारीहरुसँगको सम्बन्ध पनि प्रगाढ रहनेछ।
धनु राशि
तीन ग्राहको भेट हुँदा धनु राशि हुनेहरुको जीवनमा धेरै नै उतार-चढाव हुने देखिन्छ। ऋण लिने तथा दिने कार्य नगरेकै राम्रो होला। कुनै पनि क्षेत्रमा लगानी गर्न पनि समय शुभ रहने देखिंदैन। गोप्य दुश्मनहरू सक्रिय हुनेछन्, जसकारण विभिन्न वाधा-अड्चन उत्पन्न हुनेछन्। अप्रिय समाचारसुन्नुपर्ने अवस्था पनि रहने देखिन्छ।
मकर राशि
पंचम विद्या भावमा बन्ने त्रिग्रही योगले मकर राशि हुनेहरुलाई विभिन्न प्रकारको लाभ दिलाउनेछ। विद्यार्थीहरुका लागि यो योग धेरै नै लाभप्रद सावित हुनेछ। विभिन्न प्रकारका प्रतिष्पर्धामा भाग लिने अवसर मात्र मिल्नेछैन, सफलता पनि मिल्नेछ। प्रेम जीवन उत्साहप्रद रहनुका साथै पारिवारिक माहोल पनि सोचे जस्तै रहनेछ।
कुम्भ राशि
त्रिग्रही योग कुम्भ राशि हुनेहरुका लागि मिश्रित रहनेछ। आर्थिक रुपमा समय सुखद रहेपनि खर्चमा नियन्त्रण राख्न सकिने छैन। स्वास्थ्यमा सुधार भएपनि पारिवारिक कलहले मानसिक रुपमा तनाव थप्ने काम गर्नेछ। यधपी कानुनी रुपमा रहेका समस्याबाट छुट्कारा मिल्दा भने केहि राहत मिल्नेछ।
मीन राशि
तीन ग्रहको भेट हुँदा मीन राशि हुनेहरुको पराक्रम बढ्नेछ। सोचेका सम्पूर्ण कार्य सम्पन्न हुनेछन्। नयाँ क्षेत्रमा लगानी गर्नको लागि माहोल बन्नेछ। परिवार मात्र नभई मित्रजनबाट पनि आवश्यक सहयोग प्राप्त हुनेछन्। देश बाहिर रहेका आफन्त तथा प्रियजनको तर्फबाट सुखद खबर प्राप्त हुँदा मन आनन्दित रहनेछ। केहि उपहार पनि प्राप्त हुन सक्ला।