यस्तो छ गु’प्ताङ्ग गन्हाउने समस्या समाधानको घरेलु उपाय

अधिकांस महिलाहरुको गु’प्ताङ्गको दुर्गन्ध एक आम समस्या हो । जिवाणु तथा सफाइमा उचित ध्यान नदिनुले नै दुर्गन्धको समस्या हुने गर्दछ । जसले गर्दा कतिपय अवस्थामा निकै असहज पनि हुने गरेको धेरै महिलाहरुको अनुभव छ । यो समस्या समाधानको लागि धेरै प्रयास गर्दा पनि कतिपय समयमा निको नभएको हुन सक्छ भने कतिपय महिलाहरु स्वास्थ्य जाँच गर्न जान लाज मानेर होस अथवा पहुच नभएर यो समस्याका कारण दुःख पाइरहनुभएको छ होला पक्कै पनि ।

यो समस्याबाट कुक्ति पाउनको लागि तपाई हामीले घरमै पनि केही सावधानी र उपाए अपनाउने हो भने यस्तो समस्याबाट मुीक्त पाउन सकिन्छ । हो यो समस्या सामान्य घरेलु विधि अपनाएमात्रै पनि यो समस्या बाट मुक्ति पाउन सकिन्छ ।

प्रशस्त पानी पिउनाले गु’प्ताङ्गको दुर्गन्धबाट पार पाउनका लागि तपाईंले प्रत्येक दिन ८ देखि १० ग्लास पानी पिउनुपर्ने हुन्छ । पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।

यसैगरी दुई चम्चा मेथीलाई एक गिलास पानीमा रातभरी भिजाएर अर्को दिन उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर पानी पिउँदा पनि सो समस्याबाट मुक्ति पाउन सकिन्छ । त्यसका लागि तपाईले यो तरिकालाई दुई हप्तासम्म अपनाउनुपर्ने हुन्छ । मेथीले गु’प्ताङ्गको दुर्गन्ध हटाउन निकै धेरै सहयोग गर्दछ ।

यस्तै केहि निमको पातलाई पानीमा उमाल्ने र चिसो भइसकेपछि सो पानीले गु’प्ताङ्ग धुदा  पनि उत्मम हुन्छ ।
यस्तै अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ता’ङ्गमा दुर्गन्ध फैलाउने रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै अथवा अचारको रुपमा खाने खाने गर्दा पनि उत्म हुन्छ ।

यस्तै दहि खानाले पनि  दुर्गन्धलाई नियन्त्रण गर्न सघाउ पुग्छ । नियमित रुपमा गु’प्ताङ्गको सफाई पनि गर्नुपर्छ । सामान्य त पिसाव गरेपछि गु’प्ताङ्ग पखाल्ने धेरैको बानी हुदैन तर यदि तपाईमा यस किसिमको समस्या छ भने पिसाव गरेपछि पनि धुने गर्नुहोस यसले पनि दुर्गन्ध हटाउन मद्दत गर्छ ।

त्यस्तै तपाईले लगाउने पेन्टी अथवा भित्रि बस्त्र पनि सकेसम्म दैनिक परिवर्तन गर्नुस साथै आकर्षक भन्दा पनि सुतीको नै प्रयोग गर्ने गर्नुस् । नियमित रुपमा सफा र चिसो पानीले यौनानाङ्गको सफा गर्ने बानी गर्नु भयो भने तपाई सजिलै यस किसिमको समस्याबाट मुक्त हुन सक्नुहुन्छ ।

प्रकाशित : शनिबार, साउन २५, २०७६११:५५

के तपाइलाई बिहान उठ्न गाह्रो हुन्छ? सावधान! हुनसक्छ यस्ता ५ गम्भीर रोगहरु!