काठमाडौँ – लगातार घटबढ भइरहेको सुनको मूल्य आज सामान्य रुपले बढेको छ। हप्ताको पहिलो दिन आइतबार बढेर सोमबार घटी मंगलबार बढेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य १ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार २ सय कायम भएको छ।
तेजाबी सुनको मूल्य पनि आज १ सय रुपैंयाँले नै बढेको छ। मंगलबार ३ सय रुपैंयाँले बढेको तेजाबी सुनको मूल्य आज १ सय रुपैंयाँले बढेर ९३ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
यस अगाडी सुनको मूल्य आइतबार तोलामा ७ सय रुपैंयाँले बढेको थियो भने सोमबार ३ सय रुपैंयाँले बढेको थियो। मंगलबार छापावाला सुन ९४ हजार १ सय र तेजाबी सुन ९३ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य
सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य अभाने घटेको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य रु ५ ले घटेर १३ सय ५० कायम भएको छ।

