एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको खेल मध्ये सबैभन्दा कठिन मानिएको समूह ‘एफ’का दुई खेल आज हुँदैछन्। आज राति विश्वविजेता फ्रान्स र जर्मनी तथा साविकको विजेता पोर्चुगल र हंगेरी एक अर्काको सामना गर्दैछन्। फ्रान्स र जर्मनीको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ। फ्रान्सलाई युरोपेली च्याम्पियनसिपको सबैभन्दा बलियो दाबेदार टोलीमा रुपमा हेरिएको छ ।
पछिल्लो पटक विश्वकप किटेको फ्रान्स सन् २०१६को युरोकपमा फ्रान्स फाइनलमा पोर्चुगलसंग प्पराजित भएको थियो। फ्रान्सको टोली जर्मनीको तुलना मा केहि बलियो र सन्तुलित देखिन्छ। उता जर्मनीले भने पछिल्लो समय सन्तोषजनक प्रदर्शन गर्न गर्न सकिरहेको छैन।
फ्रान्स पछिल्लो पाँच खेलमा जर्मनीसंग पराजित भएको छैन। तत्यस्तै पछिल्ला ८ खेलमा जर्मनीले फ्रान्स विरुद्ध मात्र २ जित निकालेको छ भने दुई खेलमा फ्रान्सलाई बराबरीमै रोक्न सफल भएको छ। फ्रान्स पछिल्लो पटक जर्मनीसंग सन् २०१४ को विश्वकपको क्वाटरफाइनलमा पराजित भएको थियो। त्यसयता फ्रान्स जर्मनीसंग पराजित भएको छैन।
आज राति हुने खेलमा फ्रान्सका उदयीमान फरवार्ड किलियन एम्बाप्पे माथि सबैको नजर हुनेछ। विश्वकप पश्चात क्लबस्तरमा धेरै नै राम्रो प्रदर्शन गरिरहेका उनले युरोमा पनि त्यहि प्रकारको प्रदर्शन गर्ने अनुमान गरिएको छ। फ्रान्सको टोलीमा एम्बाप्पेका आलावा एन्टोइन ग्रिज्मान, करिम बेन्जेमा माथि पनि सबैको नजर रहनेछ।
त्यस्तै जर्मनीको राष्ट्रिय टोलीमा पुनरागमन गरेका थोमस मुलर सहित काई हाभर्टज, टिमो वेर्नर, सर्ज जिनाब्री, टोनी क्रुस लगायतबाट उच्च तहको प्रदर्शनको अनुमान गर्न सकिन्छ।

