एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मैदान भित्र र बाहिरका कारणले पनि चर्चामा हुन्छन् । युरो कप जारी रहँदा उनको चर्चा पनि यथवात छ । केहि दिन अघि मात्र पोष्ट म्याच कन्फ्रेन्समा आफू अगाडि रहेको कोका कोलाको बोटल हटाउँदै पानी पिउन अपिल गर्दा पनि उनी चर्चामा आए थिए ।

युरो कपका समूह चरण सकिदा युभेन्ट्सका सुपर स्टार प्रदर्शनका कारण पनि चर्चामा छन् । उनले ३ खेलमा ५ गोल गरिसकेका छन् । त्यसमध्य दुई खेल त पछिल्ला दुई संस्करणका विश्वकप च्याम्पियन फ्रान्स र जर्मनीविरुद्ध थियो । उनी युरोका सर्वाधिक गोलकर्ता मात्र होइन रोनाल्डोले देशका लागि सर्वाधिक गोल गर्ने इरानी अलि दाईको १ सय ९ गोलको कीर्तिमानलाई पनि बराबरी गरेका छन् ।

वर्षौंदेखि माथिल्लो स्तरको फुटबल खेल्नका लागि आफूलाई रोनाल्डो कसरी फिट राख्ने के गर्छन् भन्ने धेरै समर्थकको चासो रहने गरेको छ । पछिल्लो १८ वर्षदेखि आफूलाई फिट राखेर उनी युरोपियन फुटबलमा तहल्का मचाई रहेका छन् । युभेन्ट्सका युवा सहकर्मी डाउवडा पिर्टस्ले गत सिजन सिरि एमा काग्लियारीबाट खेल्दै डेब्यू गरे । उनले रोनाल्डोका खानपान र जीवनशैलीका बारेमा बोलेका छन् ।

“उनी सधै एउटै चिज खान्छन् : ब्रोकली, चिकेन”, बेज्लियनले रोनाल्डोका बारेमा थपे, “उनी सोडा छुँदैनन् र सधैं पानी पिइरहेका हुन्छन् । समय समयमा पानी पिउँछन् र कोकाकोला कहिल्यै पिउँदैनन् । उनी जहिले पनि जित्न चाहन्छन् । हामीजस्ता युवा खेलाडीलाई पनि सधैं सुधारका लागि प्रेरित गर्छन् ।”

रोनाल्डो आफूलाई फिट राख्न जे पनि गर्छन् भन्ने आलोचकहरुको आरोपलाई पिर्टस्ले अस्वीकार गर्छन् । उनले भने, “उनी आफने शरीरलाई एक काम गर्ने साधनका रुपमा हेर्छन् । उनी व्यायाम देखाउनका लागि गर्दैछन् । उनी शरीर राम्रो बनाउने भए त ऐना अगाडि उभिएर बस्नुपर्ने हो नि, त्यसका लागि उनीसँग समय नै हुँदैन । उनी क्लबमा मुख्यतः प्रशिक्षणकै लागि हुन्छन् । उनी आफ्नो कामका दृढ छन् ।”

पिर्टस्ले रोनाल्डोको प्रशंसामा भने, “उनी असल मान्छे हुन् । तर उनी फुटबललाई अत्यन्तै गम्भिरतापूर्वक लिन्छन् ।”

पोर्चुगल युरो कपको अन्तिम १६ मा पोर्चुगलले बेल्जियमको सामना गर्नेछ । अघिल्लो संस्करण उपाधि जितेको पोर्चुगल समूहमा तेस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको थियो । बेल्जियम भने जारी प्रतियोगितामा अपराजित रहेको छ ।

