रोनाल्डोको सेक्रेट डाइट: भात नभई हुँदैन, सँगै खान्छन् यी चिज पनि !

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आफूलाई फिट राख्न धेरै नै मिहिनेत गर्छन्। रोनाल्डो दैनिक व्यायाममा मात्र नभई आफ्नो खानपानमा पनि धेरै अनुशासित रहने गर्छन्। रोनाल्डोले गर्ने कडा मिहिनेत र अनुशासित खान-पानका बारेमा विश्वभर चर्चा हुनेगर्छ।

रोनाल्डो आफूलाई फिट राख्न के-के खान्छन् भन्ने कुरामा धेरैको चासो रहने गरेको छ। लगातार वर्षौं देखि उच्च स्तरको फुटबल खेल्दै आएका उनी दैनिक जस्तो ब्रोकाउली, कुखुराको मासु र भात खान्छन्।

रोनाल्डोले सधैं यहि खाने गरेको युभेन्ट्सका युवा सहकर्मी डाउवडा पिर्टस बताउँछन्। युभेन्टसको युवा टोलीका सदस्य भएको बाबजुत गत सिजनमा रोनाल्डोसँगै ट्रेन गर्ने मौका पाएका पिर्टस रोनाल्डोको गोप्य डाइटको खुलासा गरेका हुन्।

एक अन्तर्वार्ताका क्रममा पिर्टसले रोनाल्डो दिनहुँ ब्रोकाउली, कुखुराको मासु र भात खाने गरेको बताए। रोनाल्डो हरेक दिन यहि खाने उनको भनाई छ। उनका अनुसार रोनाल्डो आफ्नो डाइटमा खासै परिवर्तन गर्दैनन्। पिर्टसले भने,”उनी सधै एउटै चिज खान्छन् : ब्रोकाउली, कुखुराको मासु र भात”

पिर्टसका अनुसार रोनाल्डो धेरै भन्दा धेरै पानि पिउँछन्। सोडा, कोकाकोला जस्ता चीज रोनाल्डोले छुँदै नछुने गरेको पिर्टसको भनाई छ। उनी भन्छन्,”उनी सोडा छुँदैनन् र सधैं पानी पिइरहेका हुन्छन् । समय समयमा पानी पिउँछन् र कोकाकोला कहिल्यै पिउँदैनन्।”

रोनाल्डो आफ्नो शरीरलाई साधनको रुपमा लिने र त्यसलाई व्यस्त राख्न मिहिनेत गर्ने गरेको पिर्टसले बताए। रोनाल्डो कसैलाई देखाउन व्यायाम नगर्ने पिर्टसको भनाई छ।

“उनी आफने शरीरलाई एक काम गर्ने साधनका रुपमा हेर्छन् । उनी व्यायाम देखाउनका लागि गर्दैनन् । उनी शरीर राम्रो बनाउने भए त ऐना अगाडि उभिएर बस्नुपर्ने हो नि, त्यसका लागि उनीसँग समय नै हुँदैन । उनी क्लबमा मुख्यतः प्रशिक्षणकै लागि हुन्छन् । उनी आफ्नो कामका दृढ छन् ।”,पिर्टसले भने।

प्रकाशित : शनिबार, असार १२, २०७८१७:५९

“एम्बाप्पे मेस्सी जस्तो बन्न सक्दैनन्, रोनाल्डो जस्तो बन्छन्”