‘नेशनल क्रश’ रश्मिकालाई भेट्नकै लागि ९०० किमीको यात्रा, तर अवसोच पाएनन भेट्न!

नेशनल क्रशको नामबाट चर्चित अभिनेत्री रश्मिका मंदाना सामाजिक सञ्जालमा निकै चर्चित छिन्। साउथ ब्यूटीको  ग्ल्यामर्स फोटोमा फ्यान मरिमेटछन्। यसैबीच अभिनेत्रीको यस्तो फ्यान पनि छन् जो उनलाई भेट्नको लागि ९००  किमीको यात्रा गरेर अभिनेत्रीको होमटाउनमा  पुगेका छन् ।  यसै कुराको जानकारी रश्मिका आफुले नै सामाजिक सञ्जाल मार्फत दिएकी थिइन्।

त्रिपाठी सरनेम नामको यस फ्यानले रमिश्कालाई भेट्नको लागि तेलंगानाबाट कर्नाटकको कोडागुसम्म यात्रा गरे। तर दुर्भाग्यवश त्यस फ्यानले अभिनेत्रीलेसँग भने भेट्न पाएनन्।

अभिनेत्री शूटिंगको कारण घरबाट बाहिर थिइन्। यसको बारेमा बताउदै रश्मिकाले ट्वीटरमा लेखिन,”साथीहरु मैले भर्खरै तपाईमध्ये एक जना धेरै टाढादेखि मलाई हेर्न मेरो घर आउनु भएको थाहा पाए। कृपया यस्तो काम नगर्नुहोला किनकी म  तपाईलाई भेट्न नपाउँदा नराम्रो लाग्छ। मलाई आशा छ कि  एक दिन तपाईलाई  भेट्नेछु। तर अहिलेको लागि तपाईहरुले मलाई सामाजिक सञ्जालमार्फत माया दिनुहोस्।  त्यसैमा म खुशी हुनेछु।  “

त्रिपाठी नामको एक फ्यानले  रश्मिकाको ठेगाना गूगलबाट पत्ता लगाएका  थिए र केहि मान्छेलाई पनि सोधेका थिए। अभिनेत्रीको नजिक बास्ने मान्छेले केहि गडबड छ भने महसुस गरे र तुरुन्तै पुलिसलाई दिए। त्यसपछि पुलिसले फ्यानलाई रश्मिका शुटिंगमा गएको कुरा बताएर  घर पठाईदिए।

कामको कुरा गर्ने हो भने रश्मिका अहिले मुम्बईमा फिल्म ‘गुडबाय’ को शूटिंग गरिरहेकी छन् । यस फिल्ममा  अमिताभ बच्चन पनि मुख्य भूमिकामा छन् र यसको निर्देशन विकास बहल गरिरहेका छन्।

प्रकाशित : सोमबार, असार १४, २०७८१५:०४

यी अभिनेत्रीको डेब्यू फिल्ममा अरुले दिएका थिए आवाज, कारण छ रोचक !